पोखरा। गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियानमा नेपाल विद्युत प्राधिकरणले सघाउने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको भेटमा शनिबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त प्रतिबद्धता जनाएका हुन् । मुख्यमन्त्री निवासमा भएको भेटमा गण्डकी प्रदेशमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव रवीलाल पन्थ सहभागी थिए ।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले अरु प्रदेशभन्दा गण्डकीमा धेरै विद्युत उत्पादन हुने भए पनि कतिपय ग्रामीण भेगमा अझै पनि विद्युतीकरण हुन नसकेको स्मरण गराए । गण्डकी प्रदेशको मादी करिडोर, मोदी करिडोर, मस्र्याङ्दी करिडोर र अन्य स्थानमा विद्युत आयोजनाहरु धमाधम बनिरहेको अवस्थामा विद्युत प्रशारण लाइन नहुँदा उल्झन सिर्जना हुन लागेको बताए । गण्डकी प्रदेशको राजधानी पोखरामा बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न प्रदेश सरकार, प्राधिकरण र पोखरा महानगरबीच सहकार्य हुनुपर्ने उनको भनाइ थियो ।
ऊर्जामन्त्री आचार्यले प्रदेश सरकारले सञ्चालन गरेको उज्यालो गण्डकी अभियान, काठेपोल विस्थापन अभियानमा भएका प्रगतिका साथमा प्राधिकरणसँग प्रदेश सरकारको अपेक्षाका बारेमा बताएका छन् ।
कार्यकारी निर्देशक घिसिङले पहिलो चरणमा लेखनाथ सबस्टेसनबाट पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड गर्ने प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा सुरु गरिहाल्ने प्रतिबद्धता जनाए । पोखराको बिरौटामा अत्यधुनिक सबस्टेसन बन्न लागेको र त्यसमा सहजीकरण गरिदिन उनले प्रदेश सरकारसँग आग्रह गरेका छन् । अन्तका सबस्टेसनभन्दा फक डिजाइनमा डोमभित्र सबस्टेसन निर्माण हुने र त्यसले वरिपरिको बस्तीमा केही असर नपार्न कार्यकारी निर्देशक घिसिङले जानकारी गराए । यो सबस्टेसन बनेपछि पोखरामा झ्यापझ्याप बिजुली जाने क्रम रोकिने समेत उनले बताए ।
मोदीखोलामा रहेका परियोजनाहरुबाट उत्पादित बिजुलीका लागि लाहाचोकमा सबस्टेसन बनिसकेको र त्यसको कनेक्सन लेखनाथमा भइसकेको छ । दाना, कुश्मा, बुटवल प्रशारण लाइन अन्तर्गत दानादेखि कुश्मासम्मको काम सम्पन्न भइसकेको र ग्रामीण भेगमा विद्युतीकरणका लागि सामान खरिद प्रक्रियामा केही समस्या आएको र त्यो समस्या छिटै सल्टाइने कार्यकारी निर्देशक घिसिङको भनाइ थियो ।
मुख्यमन्त्री पोखरेलसँग घिसिङले अब सरकारी कार्यालयहरुमा विद्युतीय गाडी प्रयोगमा जोड दिन आग्रह गरे । प्राधिकरण पोखराको लेकसाइड, टुरिस्ट बसपार्कसहित ३ ठाउँमा स्मार्ट चार्जिङ स्टेसन बनाउन लागेको भन्दै उनले स्वदेशको बिद्युत खपत बढाउन, इन्धन आयात कम गर्न र सस्तोमा गाडी चढ्ने अवस्थाका लागि विद्युतीय गाडी प्रयोगमा जोड दिएका हुन् ।
Related News
सम्बन्धित समाचार
एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जितलाई पितृशोक
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
अनलाइन पत्रकार संघ गण्डकीमा गणेश बराल
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
माइनस डिग्रीमा माछा उत्पादन
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९