पोखरा । माउण्ट अन्नपूर्ण सेकेन्डरी स्कुल, नदीपुरले आयोजना गरेको प्रथम सुजिना स्मृति तथा दोस्रो एसइई थ्रि बाइ थ्रि अन्तरविद्यालय छात्रछात्रा बास्केटबल उपाधि पुरुषतर्फ पर्वत ब्वाइज र महिलातर्फ न्यु ग्यालेक्सीले जितेका छन् ।
शुक्रबार फाइनलमा छात्रतर्फ पर्वत ब्वाइजले न्यु ग्यालेक्सीलाई पराजित गर्दै उपाधिसहित ११ हजार रुपैयाँ हात पा¥यो । उपविजेता न्यु ग्यालेक्सीले ६ हजार साथमा ट्रफी, मेडल हात पारेको थियो ।
उता, छात्रातर्फ न्यु ग्लोक्सीले रेड रोजेजलाई हराउँदै उपाधिसहित ११ हजार हात पारेको थियो । उपविजेताले ६ हजार साथमा ट्रफी, मेडल हात पारेको थियो । प्रतियोगितामा छात्रछात्रातर्फ २२ टिमले भाग लिएका थिए । छात्रतर्फ पर्वत क्लबका अभिनव बराल उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता ग्यालेक्सीका आशीष थकाली भए । छात्रातर्फ रेड रोजेजकी सिम्रन गुरुङ उत्कृष्ट हुँदा न्यु ग्यालेक्सीकी रक्षा गुरुङ हाइ स्कोरर बनिन् । उनीहरुले जनही १ हजार पाए ।
गत वर्षदेखि सुरु एसइई कपलाई वैशाख १८ मा सडक दुर्घटना ज्यान गुमाएकी कक्षा १२ की छात्रा सुजिना तिलिजा पुनको स्मृतिमा बास्केटबल आयोजना गर्ने निर्णय विद्यालयले गरेको थियो ।
विजेतालाई पोखरा २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्ग, प्रदेश खेलकुद परिषद् गण्डकीका सचिव सदस्य तेजबहादुर गुरुङ, विद्यालय प्रिन्सिपल सइन्द्र श्रेष्ठ, प्लस टु संयोजक कृष्ण लम्साल, स्व. सुजिनाकी आमा मीना तिलिजा पुन लगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष उदासले वडामा रहेको माउन्ट अन्नपूर्ण मावि सो क्षेत्रकै सबैभन्दा पुरानो र उत्कृष्ट निजी विद्यालय रहेको र यस विद्यालयले अवलम्वन गरेका खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा वडाको सधैं सहयोग रहने बताए ।
विद्यालय अध्यक्ष गिरीप्रसाद गुरुङको अध्यक्षतामा भएको प्रतियोगितालाई आगामी दिनमा पनि सुजिनालाई स्मरणीय बनाइराख्न निरन्तरता दिने विद्यालयले जनाएको छ । प्रतियोगिता २ दिनसम्म चलेको थियो ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१