पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले असार १० देखि १२ सम्म पोखरामा ‘प्रज्ञा उत्सव’ आयोजना गर्ने भएको छ । प्रतिष्ठानकै हलमा आयोजना हुने सो उत्सवमा विविध कार्यक्रम हुने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए ।
पहिलो दिन आर्ट कार्यशाला, दोस्रो दिन कविता, गजल, मुक्तक, लघुकथा वाचन कार्यक्रम हुनेछ । सोही दिनमा नाटक धनीरामको गोरुसमेत मञ्चन गरिनेछ उनले बताए ।
असार १२ मा विभिन्न सांस्कृतिक प्रस्तुति, एकेडेमीको वार्षिक कार्यक्रम श्रव्यदृश्यमार्फत जानकारी, विभिन्न जातिको झाँकी प्रदर्शन हुनेछ । सोही दिन कला, साहित्य, संगीत र संस्कृति क्षेत्रमा योगदान पुर्याउने १–१ जना व्यक्तिलाई सम्मान समेत गर्ने प्रतिष्ठानले जनाएको छ । साथै, पुस्तक प्रदर्शन, लोपोन्मुख बाजा प्रदर्शन, पृथ्वीनारायण क्याम्पस विज्ञान संकायका विद्यार्थीद्धारा तयार गरिएका सामाग्रीको प्रर्दशन समेत प्रज्ञा उत्सवको आकर्षणको रुपमा रहनेछ ।
सो कार्यक्रम नयाँ पुस्तालाई मौलिक संस्कृतिबारे जानकारी दिनु र उनीहरुमा अभिरुचि प्रदान गर्नु रहेको छ । निरन्तर यसै क्षेत्रमा लागेकाहरूलाई सम्मानमार्फत हौसला बढाउन मात्र नभएर श्रष्टालाई एकेडेमीसँग साक्षात्कार गराउने कार्यक्रमको लक्ष्य रहेको उनले बताए ।
प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिंदै यिनको संरक्षण तथा प्रवद्र्धन गर्न क्रियाशील बन्ने उपकुलपति गोरे गुरुङले बताए । ‘प्रज्ञा उत्सव’ कार्यक्रममका सहभागी भई रौनकता प्रदान गरिदिन सबैमा उनको आग्रह छ ।
२०७८ बैशाख १५ मा स्थापित प्रतिष्ठान स्थापनाको छोटो समयमै विभिन्न महत्वपूर्ण कार्यक्रम आयोजना गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१