डिजिटल पत्रकारिता तालिम समापन

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७९
fnj kaski

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा डिजिटल पत्रकारिता तालिम भएको छ । पोखरा महानगरपालिकाको सहयोगमा ३ दिनसम्म चलेको तालिममा करिब ४० जना पत्रकारको सहभागिता थियो । तालिम समापनसँगै महासंघ लेखनवृत्तिमा जुटेको छ ।

तालिम समापनमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पे्रसलाई उत्तरदायी र जवाफदेही बनाउन लाग्नुपर्ने बताए । पत्रकारिता पेसा भएकाले पत्रकार महासंघ श्रमको पक्षमा लागिरहेको उनको भनाइ थियो । ‘पत्रकारिता एउटा क्षेत्र मात्र नभएर पेसा हो,’ उनले भने, ‘श्रमजीवी पत्रकारको श्रम अधिकारका लागि महासंघ आन्दोलनमै छ ।’ पत्रकार महासंघ कास्कीले पछिल्ला समय राम्रा काम गरेकाले निरन्तरता दिन उनको आग्रह थियो । कास्की शाखाले गर्न थालेको लेखनवृत्तिले पनि यसको उदाहरण पेस गरेको उनले बताए ।

पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीले तालिममा सिकेका विषय व्यवहारमा उतार्नुपर्ने बताइन् । तीन दिन छोटो भए पनि केही अवश्य नयाँ सिकेको जनाउँदै आगामी दिनमा त्यसको भरपूर प्रयोग गर्न उनको सुझाव थियो । उनले महासंघ कास्कीले सञ्चालन गर्न लागेको लेखनवृत्तिमा सहभागी हुन क्रियाशील पत्रकारलाई आग्रह गरिन् । पोखरा महानगरको सहकार्यमा हुने लेखनवृत्तिमा पोखरा महानगरको राम्रा कामलाई प्रचार र नराम्रा काममा खबरदारी हुनेखालका लेख आवश्यक रहेको उनले बताइन् ।

पोखरा महानगरपालिकाका शिवहरि शर्माले तालिमबाट पत्रकारको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिए । सामाजिक रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले पत्रकारले पनि सत्य, तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने आवश्यकता औंल्याए । पोखरा महानगरपालिकालाई नागरिकमैत्री बनाउन पत्रकारको कलमले सघाउनुपर्ने उनको भनाइ थियो ।

लेखनवृत्ति सम्पादनमण्डल संयोजक भरत कोइरालाले लेखनवृत्तिमा क्रियाशील सबै पत्रकारले सहभागिता जनाउन पाउने बताए । यसका लागि फर्म भर्नेदेखि अन्य काम सुरु भइसकेको उनको भनाइ थियो ।

कार्यक्रममा तालिम संयोजक रामप्रसाद तिमिल्सिना, प्रशिक्षक उमेश श्रेष्ठ, प्रशिक्षार्थी ज्योति हमाल र रामशरण नेपालीले तालिम प्रभावकारी भएको बताए । तालिमका मुख्य प्रशिक्षकमा पत्रकार महासंघका केन्द्रीय सदस्य विकास कार्की थिए । कार्यक्रम संचालन सहसचिव रेम बिकले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width