पोखरा । पोखरा महानगरपालिकाले सडकका छाडा चौपाया हटाउने कार्य सुरु गरेको छ । बिहीबार ३७ छाडा चौपाया संकलन गरेर कान्जीहाउसमा राखिएको महानगरका वरिष्ठ कानून अधिकृत नारायणप्रसाद शर्माले जानकारी दिए ।
‘मेयरसावको निर्देशन अनुरुप पोखराका सडकलाई छाडा चौपाया मुक्त गर्ने प्रयास स्वरुप हामीले छाडा चौपाया संकलन गरे कान्जी हाउसमा राख्न थालेका छौं,’ शर्माले भने ।
छाडा चौपाया संकलन गरी पोखरा १४ स्थित बाच्छेबुढुवामा रहेको गौशालामा लगिनेछ । ल्याण्डफिलसाइडसँगै रहेको गौशालामा हाल १ सय ५० को हारारहारीमा छाडा चौपाया छन् । करिब ३५ रोपनीमा चौपायाको चरन क्षेत्र र १० रोपनी क्षेत्रमा तारबार लगाएर छानाको व्यवस्थापन गरिएको छ ।
वरिष्ठ कानुन अधिकृत शर्माले सडकमा छाडा चौपाया देखिए वडाहुँदै महानगरमा खबर गर्न समेत नगरवासीलाई आग्रह गरेका छन् ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१