पोखरा । पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले ल्यान्डफिल साइट पोखरा ३३ मा सार्ने र सोको लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ ।
यस्तै, महानगरमा १ वर्षभित्र सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गर्दै सो अवधिसम्मका लागि बैंक, होटल, रेष्टुरेन्ट तथा विभिन्न संघसस्थाका शौचालय सर्वसाधारणको लागि प्रयोग गर्न दुइपक्षीय सम्झौता गर्ने निर्णयसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए । उनका अनुसार महानगरले तत्काल आपत्कालीन सेवासमेत सञ्चालनमा ल्याउने भएको छ ।
महानगरभित्रका सडकका खाल्डाखुल्डी पुर्ने, आगलागी तथा विभिन्न घटनामा तत्काल जनशक्ति परिचालन गर्ने गरी पूर्वाधार महाशाखाको क्षमता विकास गर्ने र कर्मचारीसमेत नियुुक्ति गरेर सेवामा प्रभावकारिता ल्याउने निर्णय पनि कार्यपालिका बैठकले गरेको उनले बताए ।
महानगरले पूर्वाधार तयार पार्ने र कामलाई अगाडि बढाउने काम सुरु गरेको छ । छाडा चौपाया सडकबाट हटाउने र ढल तथा नाला सफाइ अभियान चलाएर व्यावहारिकरुपमा आपत्कालीन सेवा तत्काल गर्ने निर्णय गरिएको छ ।
मेयर धनराज आचार्यको योजना अनुरुप अरु यस्ता नागरिकले महसुस गर्नेखालका कार्यक्रम अगाडि बढ्ने बताए । पोखराका खाल्डाखुल्डी पुर्न समेत तत्काल जनशक्ति परिचालन गरिने उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत रिज्यालका अनुसार पोखरा महानगरमा विभिन्न समिति गठन भएका छन् । महानगरले तालचोक–बेगनास सडकको निर्माणको ठेक्का बोलपत्र स्वीकृत गरेको छ । झण्डै ३ किमी दूरीको ४ लेनको सडक निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ ।
पोखरा महानगरको प्रशासकीय भवन बनाउन जग्गा छनोट गर्न ३ सदस्यीय समिति गठन गरिएको छ ।
सोको लागि वडा अध्यक्षहरु दिवसमान प्रधानांग, राधिका शाही योगी र पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङ सम्मिलित समितिले अध्ययन गरेर सिफारिस गर्नेछ ।
Related News
सम्बन्धित समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
hero news full width
मुख्य समाचार
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१