पोखरा । बलिउड स्टार सलमान खानको हत्या गर्ने असफल प्रयास गरिएको खुलासा भएको छ ।
लरेन्स विष्णोइ नामको संगठनले सलमानको घरमै सार्पसुटर पठाएर उनलाई मार्न खोजेको हो । सिद्दु मुसेवालाको हत्या गर्ने विष्णोइ समूहले सलमानको समेत हत्या गर्ने प्रयास गरेको भारतीय संचारमाध्यमले प्राथमिकताका साथ यो समाचार प्रसारण गरिरहेका छन् ।
यो घटना कहिलेको हो भन्ने चाहिँ खुलाइएको छैन । समाचारअनुसार अन्तिम समयमा सलमानलाई गोली हान्ने निर्णयबाट सार्पसुटरले पछि हटेका थिए ।
त्यस दिन बिहान सलमान सधैँझै आफ्नो निवासको कम्पाउन्डमा साइक्लिङ गरिरहेका थिए । उनको छेउछाउ कुनै बडीगार्ड पनि थिएनन् । हक्कीको ब्यागमा बन्दुक बोकेका सार्पसुटर सलमानमा बाहिर ढुकेर बसेका थिए । सलमान गेटबाट निस्कनासाथ गोली हान्ने उनीहरूको तयारी थियो ।
तर, ठिक त्यही बेला मुम्बई पुलिसको एउटा टिम सलमानको गेटमै आइपुग्यो । त्यस दिन सलमानको एउटा कन्सर्ट भएकाले उनलाई स्कर्टिङका लागि प्रहरीको टोली आएको थियो । अचानक प्रहरीलाई देखेपछि सार्पसुटर हच्किए ।
केही दिन अगाडि मात्रै सलमान खान र उनका पितालाई ज्यान मार्ने धम्कीसहितको पत्र भेटिएको थियो । सलमानका पिता सलिम खानले मर्निङ वाकपछि आराम गर्ने क्रममा बेन्चमै सो पत्र भेटेका थिए । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उक्त पत्र पनि विष्णोइ समूहले नै पठाएको बताइएको छ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कटुस पनि किनेर खान्छन् नेपाली
न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
समितिको बैठकमा सभापतिमात्रै !
hero news full width
मुख्य समाचार
सुनिन छाडे असारे भाका
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९