पोखरा । शिक्षासेवी एवं खेलकुदकर्मी योगेन्द्रबहादुर बस्नेतको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा काठमाडौंको मेडिसिटी अस्पतालमा बुधबार उपचारक्रममा निधन भएको हो ।
केही दिनअघि मात्रै उनको पित्तथैलीको शल्यक्रिया गरिएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको नियमित उपचारपछि उनलाई अपरेसनका लागि काठमाडौं रेफर गरिएको थियो । परिवारजनका अनुसार उनमा उच्च रक्तचाप, पेनक्रियाज र आन्द्रामा रगत जम्ने समस्या थियो ।
तनहूँको शुक्लागण्डकी ३ स्थायी घर भइ हाल पोखरा अमरसिंह चोक निवासी बस्नेत जिल्ला शिक्षा अधिकारी हुँदै क्षेत्रीय शिक्षा निर्देशक भइ सेवा गरेका थिए । उनी खेलकुदकर्मी पनि थिए । नेपाल भूतपूर्व खेलाडी मञ्च तथा कास्की जिल्ला तेक्वान्दो संघ सल्लाहकार उनी २०१८ सालमा एथलेटिक्स खेलमा प्रवेश गरेका थिए । उनी छैटौं एसियन गेम्सका लागि समेत बन्द प्रशिक्षणमा बसेका थिए । बस्नेतका २ श्रीमती, २ छोरा र २ छोरी छन् ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१