पोखरा । गण्डकी प्रदेश सरकारको आयोजनामा हुने रोजगार मेला तयारीस्वरुप स्थानीय तह र रोजगारदातासँग अन्तक्र्रिया गरिएको छ । शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा जनप्रतिनिधि र सरोकारवालाको सहभागिता थियो ।
सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले असांगठनिक क्षेत्रमा काम गर्नेलाई संगठित बनाउन मेलाको आयोजना गर्न लागिएको बताए । सरकारले नागरिकलाई स्वदेशमै राख्ने योजनाको सुरुआत मात्रै गर्न लागेको उनको भनाइ थियो । ‘यो त सुरुआतमात्रै हो । हामीले मुख्यगरी २ कुरालाई जोड दिनेछौं’, उनले भने । मजुदर र रोजगारदाताको समस्या पहिचान गर्दै समाधान गरी एकै ठाउँमा टिक्न सक्ने वातावरण तयार गर्न मेलाले सघाउ पुग्ने उनको धारणा थियो । प्रदेशभरका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्नका साथै कार्य क्षेत्रमा परिचालन गर्ने गरी मेला आयोजना गरिने उनले बताए ।
मन्त्री श्रेष्ठले सरकारको जानकारीमा नआएका धेरै क्षेत्र रहेको र त्यहाँ सीप भएका कामदार भए पनि व्यवस्थित नहुँदा विदेशीन बाध्य भएकाले अब विदेश जान नभई स्वदेशमै रोजगारको व्यवस्थापन गर्नेतर्फ प्रदेश सरकार उदार भएको बताए ।
रोजगार मेलाले २ सय बढी बेरोजगार युवालाई रोजगार दिने अपेक्षा गरिएको सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछानेले बताए । मेलको १ हजार बढीले अवलोकन गर्नेछन् । व्यावसायिक तालिम लिन चाहने विद्यार्थीका लागि पर्याप्त जानकारी दिने समेत प्रदेशको योजना रहेको उनले सुनाए ।
मेलाले २ सय बढी बेरोजगार युवालाई रोजगार दिने
नेपाल सरकार र स्वस्स सरकारको सहयोगले सञ्चालनमा रहेको नेपाल व्यावसायिक योग्यता प्रणली परियोजना दोस्रो चरणअन्तर्गत रोजगार मेला आयोजना गरी प्र्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र पुर्व ज्ञानको मान्यतामा आधारित सिकाइको बारेमा जानकारी प्रदान गर्न मेला आयोजना गर्न लागिएको सचिव लामिछानेले बताए । उनले दोस्रो चरणको छलफलपछि मिति तय गर्ने बताए । उनले मेलाले सीप भएर पनि जागिर नपाएर विदेशीन बाध्य नागरिकलाई स्वदेशमै राख्ने बताए । गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटाले मेलापछि सीप भएर पनि विदेशीन बाध्य नागरिकलाई स्वदेशमै राख्न मद्दत गर्ने बताए । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँघरका परपम्परागत सिपलाई संरक्षण गर्ने गरी मेला आयोजना गर्नुपर्ने सुझाव दिए । गाउँपालिकाका लागि पनि धेरै कामदार आवश्यक परेकाले त्यसलाई आवश्यक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइरालाले विदेशबाट कामदार ल्याउनुभन्दा पनि नेपालमै दक्ष जनशक्ति उत्पादनमा मेलाले सघाउने बताए । गण्डकीमा २० वटा उद्योग वाणिज्य संघ रहेकाले सबैले मेलामा सहकार्य गर्ने उनले बताए ।
कार्यक्रममा सिटिइभिटीका निर्देशक प्रमोदभक्त आचार्य, सामाजिक विकास मन्त्रालय उपसचिव तोया लम्साल, नेपाल व्यावसायिक योग्यता प्रणाली परियोवजनाका भानु पण्डित र कञ्चन तामाङले मेलासँग सम्बन्धि प्रस्तुति राखेका थिए । रुपा गाउँपालिका उपाध्यक्ष लालसुबा गुरुङले परम्परागत सीपलाई पनि ध्यान दिनुपर्ने बताइन् । फर्निचर व्यावसायी संघ कास्कीका पूर्व अध्यक्ष प्रेमराज बसौलाले गाउँबाट सहर झर्नेहरुलाई दक्ष कसरी बनाउँन सकिन्छ भन्नेमा सरकारले सोच्नुपर्ने बताए । होटल एसोसिएसन गण्डकी अध्यक्ष हरि शर्माले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक छ भनेर सर्वेक्षण गर्नुपर्ने बताए । मेलामा अनुभवीमात्र नभई नयाँ जनशक्तिका लागि समेत अवसरको सिर्जना गर्ने किसिमको बनाउन आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१