हेमजा गोल्डकपमा ८ टिम

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७९
Hemja Gold Cup Photo~suman

पोखरा । ‘छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको छ । हेमजा युनाइटेड आयोजनामा असार ४ देखि ११ सम्म गौरीशंकर खेल मैदानमा हुने प्रतियोगिता अन्तिम चरणमा पुगेको बिहीबार पत्रकार सम्मेलन गरी जनाइयो ।

कुल ८ टिमले भाग लिने प्रतियोगितामा उद्घाटन खेल आयोजक र वीरगञ्ज युनाइटेडबीच क्लब अध्यक्ष इन्द्रबहादुर कुँवरले बताए । दोस्रो खेल चर्च व्याइज एफसी र कालिका स्पोर्टस् एकेडेमी, तेस्रो खेल खुमलटार युवा क्लब र बागमती युवा क्लबबीच हुनेछ ।

क्वाटरफाइनल अन्तिम खेल असार ७ मा फुटबल क्लब डाउला र विभागीय टोली सशत्र प्रहरी बलको एपिएफबीच प्रतिस्पर्धा हुनेछ । विजेतालाई ६ लाख र उपविजेतालाई ३ लाखसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

सर्वाेत्कृष्ट हुने खेलाडीले ट्रफीसहित ५० हजार प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर, डिफेन्डर र उदीयमान खेलाडीले ट्रफीसहित २० हजारबाट पुरस्कृत पाउनेछ । सर्वाधिक गोलकर्ताले २५ हजार, प्रत्येक खेलका म्यान अफ द म्याचले ५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।

मोफसलका प्रतिष्ठत क्लब र ए डिभिजन क्लबको सहभागिता रहेको सो प्रतियोगिताको महत्वलाई मध्यनजर गर्दै आयोजकले न्युनतम प्रवेश शुल्क निर्धारण गरेको कार्यक्रम संयोजक इन्द्रप्रसाद त्रिपाठीले जानकारी दिए । प्रतियोगिताको नेपाल आइसले मुख्य प्रायोजन गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…

hero news full width