सुजिनाको स्मृतिमा बास्केटबल

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७९
srijana cup

पोखरा । माउण्ट अन्नपूर्ण सेकेन्डरी स्कुलले प्रथम सुजिना स्मृति बास्केटबल प्रतियोगिता सुरु गरेको छ ।

विद्यालय परिसरमा सुरु प्रतियोगितामा विभिन्न विद्यालयका २२ टिमले भाग लिएका छन् ।

गत वर्ष देखि सुरु गरिएको एसइई कपलाई यस वर्ष भने गत वैशाख १८ मा सडक दुर्घटना ज्यान गुमाएकी कक्षा १२ की छात्रा सुजिना तिलिजा पुनको स्मृतिमा आयोजना गर्ने निर्णय विद्यालयले गरेको हो ।

प्रतियोगिता उद्घाटन समारोहमा पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदासले वडामा रहेको माउन्ट अन्नपूर्ण मावि सो क्षेत्रकै सबैभन्दा पुरानो र उत्कृष्ट निजी विद्यालय रहेको र यस विद्यालयले अवलम्वन गरेका खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा वडाको सधैं सहयोग रहने बताए ।

कक्षा १२ की छात्रा सरस्वती शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सुजिनाकी आमा मीना तिलिजा पुनका साथै अन्य आफन्तजन, विभिन्न संघसंस्थाका प्रतिनिधि, वडा प्रहरी कार्यालय बगर र नदीपुर प्रहरी बिटका प्रमुखहरु, विद्यालयका अध्यक्ष लगायत निर्देशक र आदर्श मावि कुस्माका शिक्षकहरुको पनि उपस्थिति थियो । प्रतियोगिता शुक्रबारसम्म चल्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय र उत्कृष्टलाई क्रमशः ११, ६ र १ हजार नगद पुरस्कार दिइनेछ ।

Related News

सम्बन्धित समाचार

  • एन–प्याब्सन खेलकुद महोत्सव जारी

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८१
    पोखरा । १४ औं एन–प्याब्सन खेलकुद महोत्सवअन्तर्गत आइतबार छात्रछात्र फुटबल, छात्रछात्र बास्केटबल, क्रिकेट प्रतियोगिता भए । छात्र फुटबलतर्फ गण्डकी एकेडेमीले…
  • प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पोखरामा आयोजित १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा दुई स्कुल च्याम्पियन बनेका छन् । ५ दिनसम्म चलेको स्पोर्टस्…
  • प्याब्सन स्पोर्टस् मिटको आज समापन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । प्याब्सन कास्कीको आयोजनामा पोखरामा जारी १८ औं प्याब्सन स्पोर्टस् मिटको आइतबार समापन हुँदैछ । पोखरा रंगशालामा दिउँसो गण्डकी…
  • एनप्याब्सन खेलकुद महोत्सव जारी

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । एन–प्याब्सन कास्कीको आयोजनामा ५ किमी सडक दौडमा छात्रतर्फ सिद्धार्थ लवडेल बोर्डिङका दुतमान गुरुङ र छात्रातर्फ त्रिवेणी पब्लिक सेकेण्डरीकी…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…

hero news full width