सुकुमबासी पुगे मेयरसँग

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७९
bhumi adhikar manch

पोखरा । भूमिअधिकार मञ्च कास्कीको प्रतिनिधिमण्डलले पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यसमक्ष तीनबुँदे माग तथा छबुँदे समस्याको अवस्था पहिचान पत्र पेस गरेका छन् ।

सो अवसरमा मेयर आचार्यले सुकुम्बासीको समस्या छिटो समाधानहोस् भन्ने चाहने भएकोले आगामी २÷३ वर्षमा समस्या समाधानमा प्रतिबद्ध रहेको आश्वासन दिएको मञ्च कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले जनाए ।

अध्यक्ष गुरुङसहित मञ्चका गण्डकी प्रदेश सदस्य रामबहादुर लामिछाने र टेकबहादुर पुन, कास्की जिल्ला सदस्य हरिकुमारी गुरुङ र पोखरा महानगर अध्यक्ष लेखमाया थापासहितको प्रतिनिधिमण्डलले बिहीबार मेयरलाई पेस गरिएको पत्रमा पोखरा महानगरका र ३३ वटै वडाहरुमा राष्ट्रिय भूमि आयोजको सहजीकरण समितिमा मञ्चतर्फबाट १ महिला र १ पुरुषलाई मनोनीत गर्नुपर्ने उल्लेख छ ।

साथै, भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई भोगाधिकार आधारमा सोही स्थानमा जग्गाको नापनक्सा गरी निस्सा उपलब्ध गराई पूर्जासहितको व्यवस्था गर्न र २०६८ सालमा गठित सुकुम्बासी समस्या समाधान आयोगले भूमिहिन सुकुम्बासीलाई छानविन गरी उक्त बस्तीमा जग्गा नापनक्सा समेत तयार गरी सुकुम्बासी परिचयपत्र वितरण गरेको हुनाले उक्त प्रमाण आधार मानी सोही स्थानमा श्रेस्ता कायम गरी पूर्जा वितरण गर्न भनिएको छ ।

अर्काे ६ बुँदामा पोखरा महानगरभित्र पोखरा १० को नागिन टोल, पोखरा ९ शिवटोल, पार्वतीटोल, कृष्णटोल, गणतान्त्रिक टोल, शुभकामना टोल, पोखरा १५ द्वारे खरबारी मजुवा र शिवशक्ति टोल, पोखरा १८ पीपलडाली सुकुमबासी वस्तीमा कुन–कुन वडामा कहिलेदेखि कति भूमिहीन सुकुम्बासी बसोबास गर्दै आएका छन् सोको उल्लेख गर्दै समस्या समाधानमा जोड दिइएको छ ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width