कञ्चनजंघा सफाइमा युनिलिभरको सहकार्य

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७९
thomson

पोखरा । युनिलिभर नेपालले ‘सफा हिमाल अभियान–२०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको छ । कञ्चनजंघा हिमाल सफाइमा ध्यान केन्द्रित गर्दै टोलीले वैशाख २ देखि जेठ १६ सम्म गरेको सरसफाइमा ३.०२ टन जैविक र १२.३५ टन अजैविक गरी १५.३७ टन फोहोर संकलन गरेको जनाएको छ ।

नेपालमा वार्षिक करिब १ लाख ७५ हजार पर्यटक हिमाल पदयात्रा र आरोहरण अभियानमा आउने गर्छन् । तर उनीहरुले हिमालमै फोहोर छोडेर फर्किने हुनाले फोहर व्यवस्थापनमा समस्या सिर्जना हुँदै आएको छ ।

सन् २०४० सम्म हालको अनुपातमा दोब्बर मात्रामा प्लास्टिक उत्पादन हुने हुँदा प्लास्टिकजन्य प्रदूषण संकट अझ बढ्ने अनुमान गरिएको छ । यसको समाधान भनेको राष्ट्रहरूले प्लास्टिकको प्रयोग कसरी गर्छन्, पुनः प्रयोग गर्ने र अन्ततः प्लास्टिकको प्रयोगलाई कम गर्ने तौरतरिकामा परिवर्तन गर्नु हो । यस अभियानक्रममा संकलित प्लास्टिकको पुनः प्रयोग सुनिश्चित गर्न युनिलिभरले रिसाइक्लिङ साझेदाररूपमा अभ्नी भेन्चर प्रालिसँग पनि समन्वय गरेको छ ।

मौसममा आएको परिवर्तन कारण झेल्नुपरेका विभिन्न चुनौती सामना गर्दै टिम कञ्चनजंघाले फोहोर संकलनमा तीव्रता दिएर लक्षित फोहोर लक्षित समय अघि नै संकलन गरेको थियो ।

यो पहल युनिलिभरको ब्रान्ड सर्फ एक्सेलबाट प्रेरित थियो जसले ‘फोहर राम्रो छ’ को नारालाई सार्थक तुल्याउँछ । पेसागत पर्वतारोही र नेपाली सेना सदस्य सम्मिलित माउन्टेन एक्सपिडिसन टोलीले ४५ दिने सो अभियानमा हिमाल सफााइमा खटिएका थिए । युनिलिभर इन्टरनेसनलले सो प्रयासमा सहयोग गर्न साझेदारी गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width