पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा बुधबारदेखि पोखरामा डिजिटल पत्रकारिता तालिम सुरु भएको छ । पोखरा महानगरपालिकाको सहयोगमा सुरु तालिम ३ दिनसम्म चल्नेछ ।
तालिम उद्घाटन गर्दै पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले पत्रकारको क्षमता अभिवृद्धिमा महानगरको साथ समर्थन रहने प्रतिबद्धता व्यक्त गरे । उनले पोखराको पत्रकारिता क्षेत्रलाई मूलधारमा लैजानुपर्ने आवश्यकता रहेको बताए । ‘पोखराको पत्रकारिता क्षेत्र अब मूलधारको हुनुपर्छ,’ उनले भने, ‘सबै काठमाडौंमा मात्र केन्द्रित हुँदा पोखरा अझै कतिपय विषयमा पछाडि परिरहेको छ, आउनुहोस् सबै मिलेर पोखरा बनाऔं ।’
उनले तालिमबाट पत्रकारको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिए । सामाजिक रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले पत्रकारले पनि सत्य, तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने आवश्यकता औंल्याए ।
महानगर प्रमुख आचार्यले पोखरा महानगरपालिकालाई सूचनामैत्री महानगर बनाउनेतर्फ आफू प्रतिबद्ध रहेको बताए । ‘पोखरा महानगरपालिकालाई सूचनामैत्री महानगर बनाउन म प्रतिबद्ध छु । आवश्यक तयारी हुँदैछ । पत्रकारले पाउनुपर्ने सूचना आदानप्रदानमा देखिएका समस्या छिट्टै समाधान गरिनेछ,’ उनले भने ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीले पछिल्लो समयको आवश्यकता परिपूर्ति गर्ने गरी तालिम संचालन गरिएको बताइन् । महासंघ कास्कीले यसअघि पनि पत्रकारितासम्बन्धी आधारभूत तालिम गर्दै आएको जानकारी दिइन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्यसमेत रहेका तालिमका प्रशिक्षक विकास कार्कीले समय परिवर्तनसँगै आफूहरु पनि परिवर्तनशील हुनुपर्ने बताए । ‘डिजिटल पत्रकारिता आजको आवश्यकता हो,’ उनले भने । विकास कार्कीसँगै उमेश श्रेष्ठले डिजिटल पत्रकारिताका विविध पक्षबारे प्रशिक्षण दिने पत्रकार महासंघ कास्कीका उपाध्यक्ष समेत रहेका तालिम संयोजक रामप्रसाद तिमिल्सिनाले जनाए । कार्यक्रम संचालन महासंघ कास्की सचिव माधव बरालले गरेका थिए । तालिममा करिब ४० जनाको सहभागिता छ ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१