आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७९
628999-arrestthinkstockphotos

स्याङ्जा । आत्महत्या दुरुत्साहन मुद्दाको अभियोग लागेका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वालिङ नगरपालिका ७, केवरेका २६ वर्षीय रमेश थापा हुन् । उनलाई करिब १८ महिनापछि पक्राउ गर्न सकिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतको २०७७ पुस ३ को फैसलाले आत्महत्या दुरुत्साहन मुद्दामा उनलाई १ वर्ष ५ महिना ७ दिन कैदसहित २५ हजार जरिवाना तोकेकोमा उनी फरार रहेको प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

स्याङ्जा जिल्ला अदालतमा हाजिर गराइ कैद भुक्तानको लागि उनलाई बुधबार साँझ जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width