पोखरा । गण्डकी प्रदेश सरकारले खेलकुद विकासलाई अघि बढाउन ‘खेल्छ गण्डकी’ नारा अघि सारेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको आगामी आवको वार्षिक नीति तथा कार्यक्रम मंगलबार प्रदेशसभामा प्रस्तुत गर्दै उक्त नारासँगै खेलकुदमा युवाको बढ्दो चासोलाई सम्बोधन गर्न प्रदेश खेलकुद नीति बनाई कार्यान्वयन गरिने बताए । जसमा गाउँगाउँमा खेलकुद कार्यक्रमलाई जोड दिइएको छ ।
नीति तथा कार्यक्रममा भनिएको छ, ‘खेल्छ गण्डकी नारालाई आत्मसात् गर्दै खेलकुदमा युवाको बढ्दो चासोलाई सम्बोधन गर्न प्रदेश खेलकुद नीति बनाई कार्यान्वयन गरिनेछ ।’ स्मरणीय के छ भने प्रदेश खेलकुद परिषद्, गण्डकीले हालैमात्र खेल्छ गण्डकी भन्ने नारालाई अघि बढाउँदै उक्त कार्यक्रममार्फत सबैका लागि खेलकुद आवश्यक छ भन्ने कुरामा समेत जोड दिएको थियो ।
खेलबाट सामाजिक रूपान्तरण भन्ने मान्यताबमोजिम गाउँगाउँसम्म खेलकुदको विस्तार गर्ने पनि प्रदेश सरकारको योजना रहेको छ । नीति तथा योजनामा भनिएको छ, ‘एक स्थानीय तह–एक खेल मैदान’ लाई निरन्तरता दिइनेछ । प्रदेशका विभिन्न शैक्षिक संस्था, समुदायस्तरबाट सञ्चालित खेल मैदान तथा रंगशालाको आवश्यकता अनुसार सार्वजनिक–निजी साझेदारी मोडलमा निर्माण तथा स्तरोन्नति गरिनेछ। उच्च उचाई खेल तालिम केन्द्र स्थापनामा जोड दिइनेछ ।’
गण्डकीलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्न युवा तथा खेलाडीलाई स्वस्थ, अनुशासित, प्रतिस्पर्धी र व्यावसायिक बनाउँदै विभिन्न परम्परागत, साहसिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद कार्यक्रममा जोड दिइएको छ ।
खेलाडी तथा प्रशिक्षक तयार गरी खेलकुद प्रतियोगिता सञ्चालन, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई खेलकुद पुरस्कार प्रदान गर्नुका साथै प्रदेशको प्रतिनिधित्व गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रोत्साहन सहयोग उपलब्ध गराइने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशमा स्पोर्टस् एकेडेमी स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने नीति प्रदेश सरकारले लिएको छ ।
आसन्न नवौं राष्ट्रिय खेल सफलतापूर्वक सम्पन्न गर्न नेपाल सरकारसँगको समन्वयमा आवश्यक कार्य गर्नेसँगै कास्कीको भेडाबारीमा एन्फा टेक्निकल सेन्टर निर्माणलाई संघीय सरकारको सहकार्यमा अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । पोखरा रंगशाला पूर्वाधारमा सुधार गरी रातको समयमा समेत अन्तर्राष्ट्रियस्तरका खेल सञ्चालन गर्न सकिने गरी अघि बढाइने भएको छ । साथै, रंगशालाको स्वामित्व प्रदेशमातहत ल्याउन पहल गर्ने समेत प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटको आज समापन
एनप्याब्सन खेलकुद महोत्सव जारी
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१