पोखरा । पर्यटकीय नगरी पोखरामा सुविधासम्पन्न बसपार्क सधैं चुनावी मसला बन्दै आएको छ । दलहरुले रहेक चुनावताका आफ्नो एजेण्डामा बसपार्क समेटे पनि पोखरेलीको आशा पूरा हुन सकेको छैन ।
यसैबीच, पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यले भने यसलाई गति दिने बताउँछन् । भन्छन्, ‘अबको ३ वर्षभित्र पोखरा बसपार्क निर्माण भइसक्छ ।’
बुधबार पोखरा बसपार्कमा नाला निर्माण काम सुरु भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र मेयर आर्याले सो कार्यको शिलायास गरे ।
मन्त्री खड्काले नाला निर्माणको काम सुरुवात गर्नु बसपार्क निर्माणकै काम सुरु भएको बताए । उनले प्रदेश सरकारले थाले पनि महानगरले पोखरा बसपार्क निर्माण सम्पन्न गर्ने धारणा राखे । त्यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।
मेयर आचार्यले अबको ३ वर्षभित्र पोखरा बसपार्क बनिसक्ने दाबी गर्दै यसलाई आधुनिक र सुविधासम्पन्न सिटी बसपार्करुपमा विकास गर्ने दृढता व्यक्त गरेका हुन् । जुनबेला बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो, त्यसबेला बसपार्कको रुपमा निर्माण गर्ने भनिए पनि अब ठूलो बसपार्क भने पोखरा ३२ लामेआहालमा बन्ने उनले बताए । उनले पृथ्वीचोकस्थित बसपार्क र बागलुङ बसपार्कलाई समेत सिटी बसपार्ककै रुपमा विकास गर्ने जानकारी दिए ।
गएको १० वर्षमा पोखराको जनसंख्या बढेर दोब्बर भएको उल्लेख गर्दै अहिले ५ लाखभन्दा धेरै जनसंख्या यहाँ बस्ने गरेको र पोखरा आउजाउ गर्नेसहित गरेर २० लाखको संख्या रहेको उनले बताए । यही अवस्थ मध्यनजर गरी कम्तीमा २० वर्षलाई हेरेर पूर्वाधार बनाउनुपर्ने उनको भनाइ छ ।
निर्वाचन बेला गरिएको वाचाअनुरुप पोखरा प्रवेश गर्ने कोत्रे, ठूलीबिंडी र धोलागिरिबाट प्रवेश गर्नेबित्तिकै पोखरा महसुस गर्ने गरी ३ वर्षमा पूर्वाधार बनाइसक्ने उनको दाबी छ । उनले पोखरा बसपार्कमा देखिएका सबै समस्या हल गरेर बसपार्क निर्माण गरिने भन्दै कसैलाई पनि अन्याय हुन्छ कि भनेर नसोच्न समेत आग्रह गरे । ‘यहाँ केही जग्गाका समस्या छन् । अरु अन्य केही समस्या पनि छन् । ती सबै समस्याको समाधान गरेर हामी ३ वर्षभित्र आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माण गरिसक्छौं ।
आफू जनताको सेवक भएकाले विकास निर्माणमा सहकार्य गर्न उनले स्थानीयलाई आग्रह गरे । उनले साँझ ६ बजे सिटी बसपार्कबाट हरेक वडाका लागि सर्वसुलभ ढंगले बस चल्ने व्यवस्था महानगरले गर्ने प्रतिबद्धतासमेत जनाए ।
आफूले सपथ लिएको ९ दिन भएको भन्दै उनले दिन गनेर काम गर्ने समेत दोहो¥याए । विगतमा ३ तहका सरकारबीच समन्वय नभए पनि अबका दिनमा केन्द्र, प्रदेश र स्थानीय तह बीच समन्वय भएरै काम हुने उनले बताए ।
पोखरा ९का वडाध्यक्ष दीपेन्द्र मर्सानीले निर्वाचनका बेला बसपार्कबाट नै काम सुरुवात गर्ने प्रतिवद्धता जनाएबमोजिम काम सुरु गरेको बताए । ‘अहिले नाला निर्माणको काम सुरु भएको छ । यसलाई नाला निर्माणको सुरु मात्र नभन्नुहोला ।
मेयर सावले पनि निर्वाचनक्रममा भनिसक्नुभएको छ । यो बसपार्क हामी ३ वर्षभित्र कम्प्लिट बनाइसक्छौं ।’
कार्यक्रममा बसपार्क टोल सुधार समिति अध्यक्ष केशवबहादुर थापा र पोखरा बसपार्क सुधार उपभोक्ता समिति अधयक्ष कमलबहादुर श्रेष्ठ लगायतले बोलेका थिए । पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा छ । सो समिति हाल मेयरकै नेतृत्वमा छ ।
२०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको उक्त जग्गामा अहिलेसम्म पूर्वाधार बनाइएको छैन । पूर्वमा सेती नदी, पश्चिम ढिकैढिक भएर बैरागीवन जाने बाटो, दक्षिण एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्गभित्रको अधिग्रहण गरिएको २ सय ५ रोपनी हाल खुम्चिएर ८१ रोपनीमात्र सीमित छ ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१