स्पोर्टस् अवार्ड असारमा

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७९
6 pokhara sports award~2078~logo

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ असार १८ मा हुने भएको छ ।

मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको बैठकले विश्व खेलकुद पत्रकार दिवस अवसरमा पोखरा सभागृहमा सो अवार्ड समारोह गर्ने निर्णय गरेको हो ।

सो अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष/महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई गरी ७ विधामा अवार्ड वितरण गरिने मञ्च महासचिव राजाराम पौडेलले जनाए ।

‘खेल क्षेत्रको विकाससँगै खेलाडीलाई उत्प्रेरणा प्रदान गर्न अवार्ड कार्यक्रमलाई निरन्तरता दिएका हौं,’ मञ्च अध्यक्ष बरालले भने । प्रदेशकै गौरवको रुपमा रहेको कार्यक्रममा सहयोग गर्न सबै खेलप्रेमी महानुभावलाई उनको आग्रह छ ।

कार्यक्रमका लागि उनको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ । तयारीका लागि आगामी जेठ २८ मा मञ्चका सदस्यबीच बृहत् भेला हुनेछ ।

मञ्च खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारको साझा संस्था हो । मञ्चले २०७२ सालमा प्रथम संस्करणको अवार्ड समारोह गरेको थियो । विगतमा जिल्लास्तरमा हुँदै आएको सो अवार्ड समारोह नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको नाममा दर्तासँगै प्रदेशस्तरमा हुन लागेको हो ।

Related News

सम्बन्धित समाचार

  • एन–प्याब्सन खेलकुद महोत्सव जारी

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८१
    पोखरा । १४ औं एन–प्याब्सन खेलकुद महोत्सवअन्तर्गत आइतबार छात्रछात्र फुटबल, छात्रछात्र बास्केटबल, क्रिकेट प्रतियोगिता भए । छात्र फुटबलतर्फ गण्डकी एकेडेमीले…
  • प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पोखरामा आयोजित १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा दुई स्कुल च्याम्पियन बनेका छन् । ५ दिनसम्म चलेको स्पोर्टस्…
  • प्याब्सन स्पोर्टस् मिटको आज समापन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । प्याब्सन कास्कीको आयोजनामा पोखरामा जारी १८ औं प्याब्सन स्पोर्टस् मिटको आइतबार समापन हुँदैछ । पोखरा रंगशालामा दिउँसो गण्डकी…
  • एनप्याब्सन खेलकुद महोत्सव जारी

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । एन–प्याब्सन कास्कीको आयोजनामा ५ किमी सडक दौडमा छात्रतर्फ सिद्धार्थ लवडेल बोर्डिङका दुतमान गुरुङ र छात्रातर्फ त्रिवेणी पब्लिक सेकेण्डरीकी…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…

hero news full width