पोखरा । संसदमा पेस भएको गण्डकीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित निर्माण हुँदै गरेको बजेटमा गण्डकीकै मन्त्रीले बहिष्कार गरेका छन् । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य र उनको मन्त्रालयले नीति तथा कार्यक्रम बहिष्कार गरेको हो । यस्तै, बजेट निर्माण प्रक्रियामा समेत सहभागी नहुने मन्त्री आचार्यले बताए ।
मंगलबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संसदमा नीति कार्यक्रम प्रस्तुत गर्दा प्रदेशका २ जना मन्त्री सहभागी भएनन् । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) भने आफन्त बिरामी भएको भन्दै मुख्यमन्त्रीलाई जानकारी गराएर काठमाडौं गएका छन् । यता, आचार्यले भने बजेट निर्माणमा असन्तुष्टी जनाउँदै बहिष्कारको सूचना मुख्यमन्त्रीलाई दिएका थिए ।
‘बजेट निर्माणमा हाम्रो मन्त्रालयलाई अपमान गरियो । नीति तथा कार्यक्रममा कतिपय योजना दिएको थिएँ, समेटिएन । सांसदलाई टाउका गनेर बजेट दिने प्रवृत्ति अन्त्य गरेर मन्त्रालयबाट छुट्याउनुपर्छ भनेर भद्र अवज्ञा गरेको छु,’ उनले भने, ‘यो मन्त्रालयकै अवज्ञा हो । म पनि गइनँ । सचिवज्यू पनि जानुभएको छैन ।’ अबका कुनै पनि छलफलमा आफू सहभागी नहुने उनको भनाइ छ । ‘मुख्यमन्त्री कार्यालयमा बसेर अहिले पनि योजना टाइप गरेर बसेका छन् । अर्थ मन्त्रालयले योजना टाइप गरिरहेको छ,’ उनी भन्छन्, ‘मुख्यमन्त्री र अर्थ मन्त्रालयले योजना टाइप गरेर बस्ने हो ? कि मन्त्रालयलाई फरबार्ड गरेर सम्बोधन गराउने हो ?’ उनले बजेटको सिलिङ समेत १ अर्बभन्दा बढी घटेको बताए ।
हरिशरण आचार्यले अडान कायमै राखे उनको ठाउन्मा धनमाया लामा मन्त्री बन्ने सम्भावना खुलै छ
हाल ५८ सदस्य रहेको गण्डकी प्रदेश सभामा जनता समाजवादीका तर्फबाट २ सांसद छन् । जसमध्ये १ मन्त्री आचार्य हुन् । अर्की सांसद धनमाया लामा पोखरेल हुन् । मन्त्री आचार्य मंगलबार सदनमा नगए पनि सांसद पोखरेल भने उपस्थित थिइन् । सरकार बन्ने बेलामा दुवैजनालाई मन्त्री बनाउने गरी भएको सहमति पालना नभएको भन्दै जसपा सुरुदेखि नै असन्तुष्ट छ । सुरुमा आचार्यलाई मन्त्री बनाएपछि लामा झनै रुष्ट थिइन् । अहिले मन्त्री आचार्य सांसद लामाको दोहोरो संवाद नहुने अवस्था छ । मन्त्री पदमा रहने तर नीति तथा कार्यक्रममा भाग नलिएर आचार्यले दिन खोजेको सन्देश भने प्रष्ट भएको छैन । बजेट निर्माणमा सहभागी नहुने उनको प्रतिक्रियाले सरकार धरापमा पर्ने देखिए पनि त्यस्तो अवस्था भने सिर्जना नहुने जानकार बताउँछन् । मन्त्री आचार्यले यही अडान कायम राखे उनको ठाउँमा धनमाया लामा मन्त्री बन्ने सम्भावना भने खुलै छ ।
अर्थमन्त्रीसँग रुष्ट
आचार्यमात्रै होइन, गण्डकीका अन्य मन्त्रीहरु समेत अर्थमन्त्री रामजी बरालसँग रुष्ट बनेको बुझिएको छ । केही समयअघि बजेट विनियोजित भएका कार्यक्रम कार्यान्वयनमा समेत मन्त्रालयको फाइल अड्काएको आरोप खेपेका उनी अहिले बजेटमा एकलौटी गरेको अर्को आरोपमा मुछिएका छन् । अहिले गण्डकी सरकारले नीति तथा कार्यक्रममा स्वास्थ्यलाई जोड दिएको छ । एक मन्त्रीका अनुसार स्वास्थ्य माओवादीको भागमा परेकोले बढी फोकस भएको हो । ‘विरोध गर्दा स्वास्थ्यको कार्यक्रममा विरोध गरेजस्तो देखिन्छ । तर भित्री मनसाय स्वास्थ्य राम्रो बनाउने भन्ने होइन । आफ्नो पार्टीका मन्त्रीले सम्हालेका मन्त्रालयमा फोकस गरिएको छ,’ ती मन्त्रीले भने, ‘यही विषयमा धेरै पटक चर्काचर्की नै भएको छ ।
मुख्यमन्त्रीले अर्थमन्त्री र सम्बन्धित मन्त्रीहरुलाई छुट्टाछुट्टै राखेर सम्झाउनुभएको थियो ।’ क्याबिनेटकै केही मन्त्रीहरुले अर्थमन्त्रीको काम सुधार नभए राजीनामा दिने चेतावनी मुख्यमन्त्रीलाई दिएको स्रोत बताउँछ । यसबारे बुझ्न खोज्दा अर्थमन्त्री बरालको फोन उठेन ।
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१