महेन्द्र माविमा वृक्षरोपण

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७९
mahendra school

पोखरा । महेन्द्र माध्यमिक विद्यालय पोखरा २० भलामको आयोजनामा विश्व वातावरण दिवसको अवसरमा विद्यालयको खाली जग्गामा वृक्षरोपण गरिएको छ ।

बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीहरु, शिक्षक, विद्यालय व्यवस्थापन समितिको सक्रियतामा कारितास नेपाल फिल्ड कार्यालय कास्की, फलफूल नर्सरी व्यवसाय संघ कास्की, गोल्डेन नर्सरीको सहकार्यमा वृक्षरोपण गरेका हुन् ।

विद्यार्थीहरुले एभोकाडो, ओखर, धूपी, कपुर, निमका बिरुवा र सुन्तला, केरा, अनार, आँपका फलफूल आदिका बिरुवा वृक्षरोपण गरेका हुन् ।

फलफूल नर्सरी व्यवसाय संघ कास्कीका अध्यक्ष दिलबहादुर गुरुङ, कारितास नेपाल फिल्ड कार्यालयका प्रमुख शोभा आचार्य, फलफूल नर्सरी व्यवसाय संघ कास्कीका उपाध्यक्ष दयाकुमार द्वा, महेन्द्र माध्यमिक विद्यालयका कृषि प्रशिक्षक सन्तोष अधिकारी लगायतले बिरुवा रोप्नुमात्रै ठूलो काम नभएको भन्दै संरक्षण गर्नुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width