पुँजीबजार लगानीकर्ताले भेटे गभर्नर

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७९
share

पोखरा । नेपाल पुँजीबजार लगानीकर्ता संघका पदाधिकारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गरेका छन् ।

मंगलबार भएको भेटमा सेयर बजारको पछिल्लो अवस्था, ४ः१२ करोडको क्याप, सिडी र सिसिडी रेसियोलगायत विषयमा छलफल भएको छ ।

लगानीकर्ताले राखेको जिज्ञासामा गभर्नर अधिकारीले समग्र अर्थतन्त्रको अवस्थालाई ध्यान दिंदै समस्यालाई गम्भीर रूपले लिएका बताए । उनले समस्या समाधानका लागि सहजीकरण गर्ने पनि बताएका छन् ।

लगानीकर्ता संघका पदाधिकारीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरी समस्या राखेका थिए। चालु आर्थिक वर्षको मौद्रिक नीतिले सेयर बजारमा कडाइको नीति लिएपछि परिसूचक लगातार ओरालो लागिरहेको छ । उक्त समस्या आगामी आवको मौद्रिक नीतिमार्फत समाधान गर्न माग गर्दै लगानीकर्ता संघले सरोकारवाता निकायसँगको भेटघाट तीव्र पारेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पुसमा २० औं लेखनाथ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८१
    लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा…
  • आइकोनिक रिमझिम बल क्यान्डी

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन्…
  • ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

    रासस मंसिर ८, २०८१
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।…
  • आदर्श समाजकर्मी शर्मा सम्मानित

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।…

hero news full width