पोखरा । भारतको पटियालामा हुने फेन्सिङ प्रशिक्षण तालिममा सहभागी हुन लागेकी फेन्सिङ खेल प्रशिक्षक रेखमाया गुरुङलाई फेन्सिङ संघ कास्कीले बिदाइ गरेको छ ।
मंगलबार आयोजित बिदाइमा जिल्ला फेन्सिङ संघ कास्कीका अध्यक्ष विजय शाही, सल्लाहकार कृष्ण रानाभाट, वरिष्ठ उपाध्यक्ष राम गुरुङ, उपाध्यक्ष छवि गुरुङ, सचिव सन्दीप बराल, सदस्य चिजा गुरुङले सफलताको कामना गर्दै बिदाइ गरे ।
फेन्सिङ संघ नेपालकी केन्द्रीय सदस्यसमेत रहेकी गुरुङ भारतको पटियालामा रहेको नेताजी सुभाष नेशनल इन्स्टिच्युट अफ स्पोर्टस्मा ६ हप्ता लामो सर्टिफिकेट कोर्स अफ स्पोर्टस् कोचिङमा फेन्सिङ खेलको प्रशिक्षण लिने छन् ।
प्रशिक्षणमा फेन्सिङ लगायत २८ खेलहरुका प्रशिक्षकहरुलाई तालिम प्रदान गरिन्छ । मे ९ देखि ३० जुनसम्म हुने प्रशिक्षणमा नेपालबाट रेखमाया गुरुङ सहित एपिएफका फेन्सिङ प्रशिक्षक सुभाष आचार्य पनि सहभागी हुने छन् ।
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१