तनहुँ । चट्टान आरोहण अर्थात् रक क्लाइम्बिङका लागि ख्यातिप्राप्त तनहुँको चुनपहरो संरक्षणका लागि अभियन्ताले ३ विकल्प अघि सारेका छन् । स्तरोन्नतिक्रममा पृथ्वीराजमार्ग ४ लेनको बन्दा यससँगै जोडिएको चुन पहरो कटानमा पर्ने भएपछि अभियन्ताले संरक्षणको अग्रसरता देखाएका हुन् ।
बन्दिपुर गाउँपालिका–४ स्थित बिमलनगरमा रहेको १ किलोमिटर लामो यो पहरो जोगाउन सडक पूर्ण ४ लेनको बनाउनुको सट्टा सवारीसाधनलाई पुलबाट मस्र्याङ्दी तारेर एकतर्फी बनाउने विकल्प अघि सारिएको अभियन्तामध्येका एक लालकुमार श्रेष्ठले जानकारी दिए । पोखरातिरबाट जाने सवारीसाधनलाई पहरो नजिकै रहेको बिमलनगर पुलबाट डाइभर्ट गरी १ किलोमिटर तल नयाँपुलमा निकालेर पुनः राजमार्गमा जोड्ने योजना अभियन्ताले सुनाएका हुन् ।
यसैगरी, सडकलाई मस्र्याङ्दी नदीतर्फ विस्तार गरी स्तरोन्नति गरे पनि पहरो जोगिने अर्को विकल्प देखाइएको छ । त्यस्तै सवारीसाधनमात्र पास हुने गरी पहरोको केही भागलाई मात्र कटान गर्न सकिने विकल्पसमेत सुझाइएको छ । उल्लेखित विकल्पमध्ये सडकलाई वान वे बनाई सवारीसाधनलाई मस्र्याङ्दी नदी पार गराउने विकल्पमा सहमति जुट्न लागेको अभियन्ता श्रेष्ठले बताए । यो विकल्पअघि बढाउँदा डिपिआर परिवर्तन गर्नुपर्ने कुरा आएको र सोही कारण विषय टुंगोमा पुग्न समय लागेको बुझाइ उनको छ ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा मुग्लिनदेखि पोखरासम्म पृथ्वीराजमार्ग स्तरोन्नति गर्न करिब २८ अर्ब रुपैयाँ लागत लाग्ने हिसाब सार्वजनिक भएको छ । राष्ट्रिय राजमार्गको स्तरोन्नति र बिस्तार गर्ने कार्यक्रमअन्तर्गत हाल २ लेनमा रहेको पोखरादेखि मुग्लिनसम्मको ९३ किमी लामो सडक बिस्तार गर्न २ चिनियाँ कम्पनीलाई जिम्मा लगाइएअनुरुप कामसमेत सुरु भइसकेको छ । सडक बिस्तार भएपछि दुईतर्फी २५/२५ मिटर चौडाइको हुनेछ । बस्ती धेरै भएको ठाउँमा भने ४१ मिटर चौडाइको सडक बन्ने जनाइएको छ ।
सडक विस्तार कार्यबाट चुनपहरोलाई जोगाउँ भन्ने सन्देश प्रवाह गर्न स्थानीयले गत पुस महिनामा यहाँ रक क्लाइम्बिङ महोत्सवसमेत आयोजना गरेका थिए । पर्यटकीय महत्व बोकेको र साहसिक गतिविधिका लागि प्रख्यात यो पहरोमा रक क्लाइम्बिङ र हिमाल आरोहणपूर्व गरिने अभ्याससम्बन्धी गतिविधिसमेत संचालन हुने गरेका छन् । ७० मिटर अग्लो चुनपहरोमा क्लाइम्बिङका लागि २८ वटा बाटोहरु मार्किङ भइसकेको र यस्ता ५ सय वटासम्म बाटो बनाउन सकिने दाबीसमेत श्रेष्ठले गरेका छन् । पहरोले गर्दा बिमलनगरको पर्यटकीय भविष्यसमेत उज्ज्वल रहेको र बाटोसँगै जोडिएका कारण पोखरा तथा अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाने पर्यटकले समेत यहाँ रमाउन सक्ने अवस्था श्रेष्ठले स्मरण गराए ।
पहरोको थप विकासका लागि गुरुयोजना बन्नेक्रममा रहेको र गुरुयोजनामा पहरोसँगै सिसाको पुल हाल्ने, मस्र्याङ्दीको पानी तानेर क्यानोनिङ संचालन गर्ने, पहरोमाथि रिसोर्ट खोल्ने तथा सँगै रेल कुँदाउनेसम्मका योजना समेटिने उनले सुनाए । पहरोमा तालिम लिन आउनेले प्रतिव्यक्ति प्रतिदिन १ सय रुपैयाँ तिर्नुपर्ने नियम रहेको छ । उठेको रकम सरसफाइलगायत कामका लागि खर्च गर्ने गरिएको छ । पहरो मुन्तिर हाल शौचालय र त्यहाँसम्म पुग्न सिंढीहरु निर्माण गरिएको छ । खानेपानीको व्यवस्था गर्ने पहल भइरहेको जनाइएको छ ।
विमलनगर बजार नजिकै एसियाकै ठूलो दाबी गरिएको सिद्ध गुफा, च्याङ्लीको विशाल गाई फाराम, पर्यटकीय क्षेत्र बन्दीपुर, घलेगाउँ, तनहुँसुर, राइनासकोट, आँधिमुहान र छिम्केश्वरी जस्ता स्थलका कारण पनि यस क्षेत्रको पर्यटकीय सम्भावना धेरै रहेको सिद्धगुफा विकास समितिका संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठले बताए ।
Related News
सम्बन्धित समाचार
देशभरका कानून व्यवसायी पोखरामा
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१