पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेको छ । गण्की प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार बहालवाला सरकारको अन्तिम नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
आव २०७९/०८० को नीति तथा कार्यक्रम आधारमा सरकारले अधिकांश कार्यक्रम वितरणमा केन्द्रित गरेको छ । किसानलाई पुरस्कृत गर्नेदेखि आविस्कारका क्षेत्रमा काम गर्नेलाई प्रोत्साहनसम्म सरकारका नीतिमा समेटिएका छन् ।
किशोरीलाई निशुल्क सेनिटरी प्याड उपलब्ध गराउने, दीर्घरोगीलाई निशुल्क औषधी दिने, निशुल्क रगत, महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क उपचारका कार्यक्रम अघि सारिएको छ । यसअघि नै कोरोनाका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक शैक्षिक वृत्ति उपलब्ध गराउन थालेको छ भने परिवारलाई ५० हजार राहत दिएको छ । नयाँ नीति तथा कार्यक्रममा समेत सोही कार्यक्रमले निरन्तरता पाउने देखिएको छ ।
यही वर्ष निर्वाचनमा होमिने भएकोले सरकार चुनाव केन्द्रीय योजनामा लागेको छ । पोखराबाट मिर्गौला प्रत्यारोपण गराउने दाबी गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा पोखराबाटै मृगौला प्रत्यारोपण गराउने बताएको हो । यस्तै, प्रदेशभित्रका नागरिकलाई मिर्गौलाको नियमित सेवा दिन सबै गोरखा, लमजुङ र मध्यबिन्दु जिल्ला अस्पतालमा डायलाइसिस सेवा बिस्तार गर्ने जनाएको छ । पोखरामा ५० शैयाको मुटुरोग अस्पताल स्थापना र संचालन गरिने प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जानकारी दिए ।
सरकारले आउँदो वर्षदेखि सुत्केरी विपन्न महिलालाई ४५ दिनसम्म पोषणभत्ता उपलब्ध गराउने बताएको छ । ‘सुत्केरी आमा, पोषिलो खाना’ कार्यक्रममार्फत स्थानीय तहसँगको सहकार्यमा ४५ दिनसम्म विपन्न परिवारका सुत्केरीलाई पोषणभत्ता उपलब्ध गराउने गुरुङले बताए । सरकारले आमा र शिशुको स्वास्थ्यका लागि एयर लिफ्टिङ कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । २ वर्षअघि देखि सरकारले दुर्गम ठाउँका सुत्केरी र गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्धार गरी सुविधासम्पन्न अस्पतालमा उपचारका लागि पुर्याउँदै आएको छ ।
किसानलाई पुरस्कृत गर्नेदेखि आविस्कारका क्षेत्रमा काम गर्नेलाई प्रोत्साहनसम्म सरकारका नीति छन्
यस्तै, बिरामीलाई आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निशुल्क उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको छ । हरेक स्थानीय तहमा लागत साझेदारीमा एम्बुलेन्स उपलब्ध गराउने र सबै विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम तथा स्वास्थ्य सचेतना कार्यक्रम संचालन गर्ने कार्यक्रम ल्याएको छ । गण्डकी सरकारले प्रदेशको अर्थव्यवस्था भने सामान्य अवस्थामा फर्किएको जनाएको छ । ‘गएको २ वर्षदेखि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीले नागरिकको स्वास्थ्य गम्भीर जोखिममा थियो । सामाजिक र आर्थिक क्रियाकलाप ठप्प थियो,’ प्रदेश प्रमुख गुरुङले भने, ‘न्युन स्रोतसाधन र अनुभवबाट प्रदेश सरकारले सुझबुझ साथ कोरोना महामारीविरुद्ध लडाइँमा सफलता प्राप्त गरिरहेको छ । अर्थतन्त्र लयमा फर्किंदै गएको छ ।’ प्रदेशका सबै नागरिकले कोभिडविरुद्धको पूर्ण खोप लगाइसकेको जनाएको छ । यस्तै, १९ प्रतिशतले बुस्टर डोज समेत लगाएको जानकारी दिए ।
आउँदो वर्षका लागि सरकारले वितरणमुखी बजेट बनाउने पक्काजस्तै छ । समेत क्षेत्र समेटेर नीति तथा कार्यक्रम बनाएपछि बजेट समेत छिरलिने चिन्ता प्रतिपक्षीको छ । एमाले सांसद तथा पूर्व मन्त्री रामशरण बस्नेत यस्तो वितरणमुखी कार्यक्रमले प्रदेशको खाका नकोरिने बताउँछन् । ‘सुनेको जति, देखेको जति, सिकाएको जति सबै कार्यक्रम र नीति ल्याएपछि बजेट कसरी आउँछ होला ?,’ उनले भने, ‘यसरी नै छिरलिएर आयो भने देखिने चिज केही हुँदैन । जुन लक्ष्य र उद्देश्य थियो, त्यो प्राप्ति गर्न सकिँदैन ।’ सरकारले आफ्नो हैसियत नबुझेको उनको टिप्पणी छ । ‘प्रदेशमा साधन र स्रोत कम छ । राहत र अनुदान वितरणमा जोड दिएर कार्यक्रम ल्याउने हो भने साह्रै सानो आकारका बजेट बन्छन्,’ उनले अघि भने, ‘हजारौं योजना बन्ने देखिन्छ, जुन वडा तहका योजना जस्तो हुन्छ । दीर्घकालीन योजनामा सोचेर कार्यक्रम ल्याउनुपर्ने हो ।’
यही नीति तथा कार्यक्रम आधारमा बजेट आउँदा सरकारको बजेटको मात्रा पनि उल्लेख्य बढ्नुपर्छ । तर, बजेट ३६ अर्बभन्दा नबढ्ने निश्चतप्रायः छ । चालु वर्षमा ३० अर्बको बजेट कार्यान्वयन भइरहेको छ । स्वास्थ्य, कृषि र महिलाका कार्यक्रमका सरकारको जोड बढी देखिन्छ । गण्डकी सरकारलाई ‘हनिमुन टुरिजम’ हवरुपमा विकास गर्ने, पोखरामा लेक कनेक्सन ट्रेल निर्माण गर्ने, क्यासलेस सिटीरूपमा विकास गर्ने, बिजनेस इन्कुभेसन सेन्टर खोल्ने, लगानी सम्मेलन गर्ने लगायत कार्यक्रम दोहोरिएका छन् ।
गण्डकीका पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले नीति तथा कार्यक्रमलाई ‘निबन्ध’ को संज्ञा दिएका छन् । ‘भन्न सकिने सबै कुरा भनेको छ, गर्न सकिनेखालको छैन । उही बोतल, नयाँ रक्सी भनेजस्तो हो,’ उनले भने, ‘सरकारले कार्यान्वयन गर्न सक्दैन । हाम्रो बजेट कति छ, बजेट बढ्ने छैन यसपटक, घटेर आउँछ होला । भोलि आर्थिक ऐन, राजस्व के आउँछ, अनि कार्यान्वयनमा कसरी जान्छ भन्ने कुरा हुन्छ ।’
Related News
सम्बन्धित समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
देशभरका कान्छा न्यायाधीशले कसरी पढे ? सुनाए अनुभव
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१