पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेशसभामा मंगलबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । जसमा स्वास्थ्य, शिक्षा, पर्यटनमा जोड दिइएको छ ।
प्रदेशबासीको स्वास्थ्यमा सुधार ल्याउन प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गरिने, जनसंख्या व्यवस्थापन गर्न प्रदेश जनसंख्या नीति तर्जुमा गरी कार्यान्वयन गरिने पनि जनाइएको छ ।
भ्रुण हत्याबिरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बालबालिका तथा किशोर किशोरीको पोषण स्थितिमा सुधार गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रदेशको कार्यक्रममा मूलप्रवाहिकरण गर्नुका साथै गर्भवती र सुत्केरी महिलाको पोषणलाई प्रवद्र्धन गर्न स्थानिय तहसँगको समन्वयमा विशेष प्याकेज व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
ज्येष्ठ नागरकिलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न, प्रदेश सरकारसँग बा–आमा कार्यक्रम सञ्चालन गर्ने, मानव सेवा आश्रम तथा वृद्धाश्रमहरुमा आश्रित दीर्घरोग लागेका बिरामीले सेवन गर्ने औषधि निःशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटिएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा गण्डकीमा ५० सैयाको मुटु रोग अस्पताल निर्माण गर्ने, स्वास्थ्य बीमा कार्यक्रम सबैको पहँुचमा पुराउने, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर लगायत प्रजनन अंगको क्यान्सरको निशुल्क उपचार गर्ने, स्थानीय तहबाट संचालित अस्पताललाई थप प्रभावकारी बाउने, सुत्केरी आमा पोषिलो खाना कार्यक्रम तय गर्ने लगायत विषय समेटदै स्वास्थ्यमा जोड दिइएको छ ।
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१