पोखरा । पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा आपसमा सहयोग आदानप्रदान गर्ने उद्देश्यले समझदारी भएको छ ।
समझदारीपत्रमा विश्वविद्यालयतर्फबाट उपकुलपति प्राडा प्रेमनारायण अर्याल र नाष्टतर्फबाट उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार दुवै संस्थाबीच वैज्ञानिक तथा प्राविधिक जनशक्ति, सीप र भौतिक सुविधाहरूको यथोचित सदुपयोगमा सहयोग आदानप्रदान हुनेछ भने समसामयिक विषयहरूमा कार्यशाला गोष्ठी, तालिम, सेमिनार, अनुसन्धान परियोजना सञ्चालन गरिनेछ ।
साथै विज्ञान तथा प्रविधिको विभिन्न क्षेत्रमा विश्वविद्यालयको स्नातकोत्तरतह एवम् विद्यावारिधिस्तरका शोध निर्देशन कार्यमा आपसी स्वीकृतिमा नास्टका उपलब्ध प्राज्ञ तथा वरिष्ठ वैज्ञानिकहरूको पनि संलग्नता गराइने जनाइएको छ । यस्तै, दुवै संस्थालाई संयुक्तरूपमा विज्ञान तथा प्रविधि उन्नययन, जैविक विविधता, पर्यावरण, दिगो सहरी विकाससम्बन्धी अध्ययन अनुसन्धानका लागि सहकार्य गरी अघि बढ्न बाटो समेत खोलेको छ ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१