टीकाको सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७९
tika grg

पोखरा । विश्व वातावरण दिवस अवसरमा समाजसेवी एवं व्यवसायी टीका गुरुङले पोखरा सहरकेन्द्रित वातावरणसम्बन्धी काम गर्ने संस्था ग्रिन युथ एलाइन्स नेपाललाई सहयोग गरेकी छन् । उनले सो संस्थाको लागि १५ हजार नगद सहयोग गरेकी हुन् ।

६ वर्ष पुरानो सो संस्थाले पोखरा महानगरसँग मिलेर विद्यालय वातावरण शिक्षा, सहरी योजना आयोगसँग मिलेर पोखरा ९ नयाँबजार सडक छेउमा वृक्षरोपण, पोखरा १ र ३को सिमाना तुलसीघाटमा नदीछेउमा वृक्षरोपण, पोखरा २ , ३, ४, ५, ८, १० र ११ मा सडक छेउ वृक्षरोपण सम्भाव्यता अध्ययन गरिसकेको छ । विशेषगरी सहरी क्षेत्रको वातावरणसँग सम्बन्धित रहेर काम गरेको संस्थालाई आर्थिक सहयोग गर्न पाउँदा खुसी लागेको टीका गुरुङले बताइन् ।

रामघाट सेतीनदी तीरभीर पोखरा ९ छेउका भूस्खलन प्रभावितलाई न्युनतम स्वास्थ सेवा उपलब्ध गराउने उद्देश्य साथ बतास फाउन्डेसन र गण्डकी मेडिकल कलेजसँग मिलेर वातावरण प्रभावित स्थानीयलाई स्वास्थ सेवा पनि उपलब्ध गरेको संस्थाका अध्यक्ष राजन श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width

trending post

ट्रेन्डिङ्ग