पोखरा । विश्व वातावरण दिवस अवसरमा टे«किङ इक्युपमेन्ट सप एसोसिएसन (टेसा) पोखराले एकदिवसीय पदयात्रा, पदमार्ग सरसफाइ तथा अन्तरक्रिया गरेको छ ।
टेसाले हेमजा मेलबोटदेखि माछापुच्छ्रे«–६ अस्ताम र वडा ७ धम्पुससम्मको पदमार्गमा सरसफाइ गरेको हो । उक्त पदमार्गमा झण्डै १० बोरा फोहोर टेसाले सफाइ गरेको छ । संकलित फोहोर माछापुच्छ्रे–६ का वडाध्यक्ष टेकनाथ गौतम र ७ का वडाध्यक्ष बैकुण्ठ भण्डारीलाई टेसाले हस्तान्तरण गरेको छ । टेसा पोखराका अध्यक्ष नारायण सापकोटाले वार्षिक कार्यक्रमअनुसार वातावरण दिवसमा एक दिनको पदयात्रा र पदमार्ग सरसफाइ गरेको बताए । ‘पोखराबाट नजिकका गन्तव्यमा हाइकिङ सहित सरसफाइ गर्ने गरेका छौं,’ उनले भने, ‘यसले आफ्नो गाउँ, टोल, पदमार्गलाई सफा राख्नुपर्छ भन्ने सांकेतिक सन्देश दिन र पर्यटन प्रवद्र्धनमा पनि मद्दत पुगेको छ ।’
टेसाले माछापुच्छ्रे–७ मा गरेको अन्तरक्रियामा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले विश्वभर मनाइने वातावरण दिवस पोखरामा पनि पर्यटनसँग सम्बन्धित संस्थाले मनाउनु अर्थपूर्ण भएको बताए । ‘अहिले ट्रेकिङ रुट मासिँदै गएका छन् । भएकामा पनि फोहोर त्यस्तै छ,’ उनले भने, ‘विदेशी पर्यटक डाइभर्ट हुने हुन् कि भन्ने चिन्ता छ । त्यसका लागि स्थानीय जनप्रतिनिधिले नै मुख्यरुपमा सोच्नुपर्छ ।’
माछापुच्छे«–७ का वडाध्यक्ष बैकुण्ठ भण्डारीले गाउँकार्यपालिकाको पहिलो बैठकमा वातावरणको मुद्दालाई प्रमुखताका साथ उठान गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मोटरबाटोको सट्टा वैकल्पिक पदयात्रा मार्गको संरक्षण आफ्नो प्राथमिकतामा रहेको सुनाए ।
पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले टेसाको उक्त कार्यक्रमले स्वास्थ्यमा सचेतना र व्यवसायको प्रवद्र्धनमा समेत सहयोग पुगेको बताए । टेसाले झण्डै १२ किमी लामो पदमार्गमा रहेका प्लास्टिकजन्य फोहोर संकलन गरेको थियो ।
Related News
सम्बन्धित समाचार
वाटर फ्रन्टको पर्खाल बहुमतका कार्यकर्ताले भत्काए
पर्वतीय महोत्सव तयारी
कधलान्दु्रकमा हनी हन्टिङ महोत्सव
शिक्षक संगठनमा श्रीकान्त
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१