भूपू विन्ध्यवासिनी विद्यार्थी मञ्चको सभा

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७९
bindhyabasini

पोखरा । विन्ध्यवासिनी मावि, बाटुलेचौरका विद्यार्थीको साझा संस्था भूपू विन्ध्यवासिनी विद्यार्थी मञ्चको १७ औं साधारणसभा विभिन्न कार्यक्रम गरेको छ । मञ्चले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पोखरा १६ र १९ मा निर्वाचित जनप्रतिनिधिलाई स्वागत गरेको छ । साथै निवर्तमान जनप्रतिनिधिलाई बिदाइ गरियो ।

उनीहरूलाई मञ्चका संस्थापक नरहरि भट्टराई, अध्यक्ष हरि वरूबाल, विद्यालयका अध्यक्ष चन्द्रा अधिकारी थापा लगायतले मञ्चको लोगो अंकित टोपि लगाई दिएका थिए ।

मञ्चका संस्थापक नरहरि भट्टराईले गुणस्तरीय शिक्षाका लागि मञ्चको भूमिका अव्वल रहेको बताए । निवर्तमान वडाध्यक्ष जीवनप्रसाद आचार्यले पोखराकै पुरानो विद्यालयले शिक्षा क्षेत्रमा उल्लेख्य रूपमा फड्को मारी गौरवमय इतिहास कायम गरेको बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रा थापाले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा भूपू विद्यार्थीको योगदान अतुलनीय रहेको बताए ।

मञ्च अध्यक्ष हरि बरूवालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य रामचन्द आचार्य, पूर्व अध्यक्ष सुवासबाबु अधिकारी, मुक्तिनाथ स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन थापा, मञ्चका सदस्य सिर्जना थापा लगायतले मञ्चले गरेका कार्यको प्रशंसा गरेका थिए । कवि नारायण बास्तोलाले साहित्यिक रचना वाचन गरेका थिए । कार्यक्रम संचालन सचिव भीम गायकले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width