बास्केटबल कोर्ट उद्घाटन

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७९
Basketbal~suman

पोखरा । पोखरा महानगरपालिका १, पुरानो टुँडिखेलमा निर्मित बास्केटबल कोर्टको उद्घाटन गरिएको छ ।

पोखरा १ को बुद्धटोल युवा क्लबको पहलमा निर्मित उक्त बास्केटबल कोर्टको उद्घाटन गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गरेका हुन् ।

बास्केटबल कोर्ट निर्माणका लागि युवा तथा खेककुद मन्त्रालयबाट ९ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको बास्केटबल कोर्ट निर्माण समितिका अध्यक्ष तथा युवा व्यवसायी हिटलर घलेले जानकारी दिए । उनका अनुसार बुद्धटोल क्लबले ५ लाख र राष्ट्रिय उच्च माविले १ लाख सहयोग गरेको थियो ।

व्यक्तिगतरुपमा पनि कोर्ट निर्माणका लागि आर्थिक सहयोग गरेको अध्यक्ष घलेले बताए । ‘युवा तथा खेलकुद मन्त्रालयको लागतमा निर्माण गरेका हौं,’ उनले भने, ‘यसमा क्लबको पनि केही परेको छ केही व्यक्तिहरुको पनि सहयोग छ ।

अहिले पहिलो चरणको काम सकिएको छ । अब अर्काे चरणमा प्यारापिट तथा चेन्जिङ रुमको योजना छ ।’ उक्त उद्घाटनक्रममा विभिन्न ४ टिमलाई मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • प्याब्सन स्पोर्टस् मिटको आज समापन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । प्याब्सन कास्कीको आयोजनामा पोखरामा जारी १८ औं प्याब्सन स्पोर्टस् मिटको आइतबार समापन हुँदैछ । पोखरा रंगशालामा दिउँसो गण्डकी…
  • एनप्याब्सन खेलकुद महोत्सव जारी

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । एन–प्याब्सन कास्कीको आयोजनामा ५ किमी सडक दौडमा छात्रतर्फ सिद्धार्थ लवडेल बोर्डिङका दुतमान गुरुङ र छात्रातर्फ त्रिवेणी पब्लिक सेकेण्डरीकी…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…

hero news full width