मनखुसी फाउन्डेसनमा कृष्णकुमारी

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७९
man khusi

पोखरा । मनखुसी फाउन्डेसन कास्की अध्यक्षमा कृष्णकुमारी गुरुङ सर्वसम्मत चयन भएकी छन् ।

प्रथम कास्की जिल्ला भेलाबाट अध्यक्षमा निर्वाचित कृष्णकुमारी पोखरा १३ की निवर्तमान जनप्रतिनिधि पनि हुन् ।

उपाध्यक्षमा सरस्वती सिग्देल, सचिव रेखा त्रिपाठी र कोषाध्यक्ष नन्दमाया सुवेदी चयन भए । सदस्य संगीता विक, राधा गुरुङ र पूर्णकुमारी गुरुङ छन् ।

भेला उद्घाटन गर्दै सामाजिक अगुवा दीपक वाइबा तामाङले नामजस्तै काम गर्न फाउन्डेसनलाई शुभकामना दिए । सबैको मन खुसी बनाउने काम गर्न सुझाव दिंदै उनले सामाजिक कार्यमा समर्पित हुँदा जतिको आनन्द अरु कामबाट नहुने बताए ।

पोखरा १३ का निवर्तमान वडाध्यक्ष दर्शन लामाले फाउन्डेसनले वास्तविक पीडितको सहारा बनेर काम गरोस् भन्ने शुभकामना दिए । सामाजिक काम गर्ने नाममा देखावटी र देखासिकी बढी हुने गरेको जनाउँदै लामाले जनताको पीडा र समस्याको वास्तविक पहिचान गरेर मात्र आफ्ना कामलाई अघि बढाउन आग्रह गरे ।

कार्यक्रममा नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्थामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष रूद्रबहादुर श्रीसमगर, मनखुसी फाउन्डेसन, गण्डकी प्रदेशका उपाध्यक्ष कमल सुनार, कमेरोपानी खानेपानी उपभोक्ता समूह अध्यक्ष नारायणप्रसाद बराल, संगमटोल टोल विकास संस्थाका अध्यक्ष धर्मराज पौडेललगायतले बोलेका थिए ।

फाउन्डेसन गण्डकी अध्यक्ष काशी गुरुङले संस्थाको बारेमा जानकारी गराएकी थिइन् । प्रदेश सचिव कुलमाया पौडेल, सदस्य लक्ष्मी लामाले पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width