‘वातावारण जोगाऔं, विकास पनि गरौं’

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७९
Environment kulraj chalise

पोखरा । देशैभर धेरै संघ, संस्थाले वर्षमा लाखौं बिरुवा रोप्छन् । ती बिरुवामध्ये आधा पनि हुर्किंदैनन् । विश्व वातावरण दिवसको अवसरमा आइतबार पोखरामा भएको कार्यक्रमका वक्ताहरुले यसबारे गम्भीर चिन्ता व्यक्त गरे ।

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयले संयुक्त रुपमा गरेको कार्यक्रमका वक्ताहरुले सामाजिक सञ्जाल भर्नमात्र गरिने कार्यक्रमले उपलब्धि नहुने टिप्पणी गरे ।

कृषि विज्ञ डा. अनील सुवेदीले संरक्षण नगर्ने भए वृक्षरोपण गर्दासमेत २ पटक सोच्न आग्रह गरे ।

उनले भने, ‘अब हामीले बिरुवा रोप्दा २ पटक सोच्नुपर्ने बेला आएको छ । बिगारेको हामीले नै हो ।’ डा.सुवेदीले कृषि उत्पादनमा पछिल्लो समय अत्यधिक रसायनिक पदार्थ प्रयोग गर्दा क्षणिक उत्पादन बढेको जस्तो देखिए पनि दीर्घकालीन असर पारिरहेको जनाए ।

वरिष्ठ अधिवक्ता तिलक पराजुलीले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा परेको बताए । यसका कारण नेपालका हिमनदी, ताल फुट्ने, बेमौसमी बाढी पहिरो, प्रकोपको समस्या बढिरहेको उनले औंल्याए ।

अधिवक्ता पराजुलीले नेपालजस्तो विकासोन्मुख देशमा विकास र वातावरण कसलाई महत्व दिने भन्नेबारे सधैं बहसको विषय हुने उल्लेख गरे । ‘हामीलाई विकास पनि चाहिएको छ, वातावरण पनि जोगाउनु छ,’ उनले भने ।

राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत खिमलाल सुवेदीले मानव अधिकार र वातावरण संरक्षण एकअर्काका परिपूरक रहेको बताए । नागरिक समाज कास्की संयोजक इन्द्रकमल मानन्धरले वातावरण संरक्षणमा सबै स्वस्फूर्त रुपमा लाग्नुपर्नेमा जोड दिइन् ।

वातावरण विज्ञ कुलराज चालिसेले जनताको जीवनशैलीसँग वातावरण संरक्षणको मुद्दा पुर्‍याउन नसक्दा पृथ्वी विनास हुँदै गएको तर्क गरे । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले वातावरण संरक्षणका लागि सञ्चार जगतले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइन् ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख चन्द्रकान्त चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल अध्यक्ष सुनील पाण्डेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

Related News

सम्बन्धित समाचार

  • आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

    रासस चैत्र ३०, २०८०
    काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…
  • अझै दुई दिन पानी पर्ने

    आदर्श समाज सम्वाददाता चैत्र ८, २०८०
    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न…
  • तारेपहरो डम्ठी वनमा दुर्गादत्त

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा ।  अन्नपूर्ण गाउँपालिका वडा नं. १ र २ स्थित तारेपहरो डम्ठी सामुदायिक वन उपभोक्ता समूहको ११ औं साधारणसभा तथा…
  • पोखरामा मनाइयो विश्व सिमसार दिवस

    आदर्श समाज सम्वाददाता माघ २१, २०८०
    पोखरा । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरी स्मरण गर्दै पोखरामा विश्व सिमसार दिवस मनाइएको छ…
  • पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८०
    पोखरा । आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना…

hero news full width