मादीको बाढीपहिरो जोखिमयुक्त स्थानमा अवलोकन

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७९
Badhi News madi

पोखरा । कास्कीको मादी गाउँपालिका १ को बाढीबाट बढी त्रसित स्थान सोंधामा जनप्रतिनिधिहरुले स्थलगत अवलोकन गरेका हुन् ।

प्रत्येक वर्षको बर्खामा बाढीबाट त्रसित हुनुपर्ने स्थान सोंधामा मादी १ का नवनिर्वाचित वडाध्यक्ष देवीजंग गुरुङ, वडा सदस्य खरजंग गुरुङलगायतका जनप्रतिनिधिहरूले स्थलगत निरीक्षण गरेका हुन् । अवलोकन टोलीले सोंधा नजिकै निर्माणाधीन सुपरमादी हाइड्रोपावरका प्रतिनिधिसँग भेटेर छलफलसमेत गरेका छन् ।

छलफलमा नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य युवा नेता लेखबहादुर गुरुङ, स्थानीय दूध पोखरी युवा क्लबका अध्यक्ष टीकाप्रसाद गुरुङ, उपाध्यक्ष खगेन्द्र गुरुङ, निवर्तमान अध्यक्ष यमन गुरुङलगायत स्थानीयबासीहरुको उपस्थित रहेको थियो । मादी नदीको झोलुंगे पुल बाढीका कारण बगाउने जोखिममा रहेकाले तत्काल रोकथामका काम अघि बढाउन वडाध्यक्ष गुरुङले हाइड्रोपावरका प्रतिनिधिलाई निर्देशन दिए । साथै हाइड्रोपावरले हालसम्म प्रभावित क्षेत्रमा गर्नुपर्ने सामाजिक उतरदायित्वको प्रगति विवरण तत्काल वडामा पेस गर्न समेत निर्देशन दिएको छ ।

हाइड्रोपावरका तर्फबाट पनि तत्काल पुल र बस्ती जोगाउनका लागि मादी नदीको धार परिवर्तन गराउँदै बस्तीभेगका ठाउँहरूमा पर्खाल लगाउने कार्यको थालनी गरेको छ । साथै सामाजिक उतरदायित्वको प्रगति विवरण छिट्टै पेस गर्ने बताएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width