पोखरा । देउवा सरकारको सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय समिति बैठकले यसअघि सरकारमा रहेका ४ जनालाई फिर्ता बोलाएर नयाँ ४ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।
देउवा नेतृत्वको सरकारमा नेकपा एसका तर्फबाट यसअघि विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ मन्त्री थिए भने भवानी खापुङ राज्यमन्त्री थिए ।
नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने बताइएको छ । अघिल्लो सरकारका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन् ।
नियमित प्रक्रिया
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर हुनु नियमित प्रक्रिया भएको बताएका छन् । ‘यो नियमित प्रक्रिया हो । पहिले पनि हामीले छ महिना भनेका थियौं,’ ‘सुरूदेखि नै ६ महिनाका लागि भनिएको हो । यो नियमित प्रतिक्रिया हो ।’
नयाँ मन्त्रीहरू मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, भवानी खापुङले सोमबार सपथ ग्रहण गर्ने बताइएको छ ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कटुस पनि किनेर खान्छन् नेपाली
न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
समितिको बैठकमा सभापतिमात्रै !
hero news full width
मुख्य समाचार
सुनिन छाडे असारे भाका
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९