मगर महिला संघको अधिवेशन सुरु

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७९
Magar Mahila Opening

पोखरा । नेपाल मगर महिला संघको ७ औं राष्ट्रिय महाधिवेशन पोखरामा सुरु भएको छ ।

नेपालको विभिन्न ५६ जिल्लाबाट कुल २ सय ५० जना प्रतिनिधिको सहभागितामा आइतबारदेखि राष्ट्रिय महाधिवेशन पोखरा सभागृहमा सुरु भएको हो । आगामी २४ गतेसम्म सञ्चालन हुने उक्त महाधिवेशनको उद्घाटन नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले गरे ।

कार्यक्रममा अध्यक्ष पुन मगरले मगर महिलाहरुको हकहित र उनीहरुको सीप संरक्षणका लागि नेतृत्वले काम गरिरहेको बताए । पहिलेदेखि नै यसको क्षेत्रमा कार्य गर्दै आएको समितिले आगामी दिनमा पनि सोही कार्यलाई निरन्तरता दिनुपर्नेमा उनको जोड थियो । अधिवेशनबाट नयाँ नेतृत्व पाउने भएकाले अब आउने नेतृत्व मगर महिलाहरुको हितमा रहने विश्वास पनि दिलाए ।

आगामी २४ गते नेपाल मगर महिला संघले नया कार्यसमिति पाउनेछ । सो कार्यक्रममा सातै प्रदेशका प्रदेश समिति र विदेश शाखा, विदेश महिला प्रमुख तथा महिला विभाग प्रतिनिधि र विभिन्न जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । साथै छिमेकी राष्ट्र भारतको दार्जिलिङका मगरहरुको समेत उपस्थिति रहेको बताइएको छ ।

प्रदेशको मनाङ र मुस्ताङमा पनि संगठन छैन, जम्मा ३ घर छन् कसरी समिति बनाउने

संघले स्थापना कालदेखि नै मगर महिलाहरुको हक हितमा काम गरिरहेको उनले बताइन् । महिलाको नेतृत्वदायी भूमिकाका लागि सशक्तीकरणका कार्यक्रमसँगै हरेक सुखदुखमा साथ दिँदै आएको उनको भनाइ थियो । आगामी दिनमा पनि सोही कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष आलेमगरले बताइन् ।

नेपाल मगर महिला संघले अझै २१ जिल्लामा आफ्नो संगठन विस्तार गर्न सकेको छैन । केन्द्रीय अध्यक्ष विनिता आलेमगरका अनुसार अहिलेसम्म ५६ जिल्लामा मात्रै जिल्ला समिति विस्तार गरेको छ । २०५५ सालमा स्थापना भए पनि मगर महिला संघले गण्डकी प्रदेशको मनाङ र मुस्ताङ लगायत विभिन्न २१ जिल्लामा जनसंख्या र भौगोलिक बनोटका कारण संगठन विस्तार गर्न नसकेको बताइन् । ‘यही प्रदेशको मनाङ र मुस्ताङमा पनि संगठन छैन । जम्मा ३ घर छन् कसरी समिति बनाउने, उनले भनिन्, ‘यस्तै अरु जिल्लामा पनि पुग्ने क्रममा छौ । कतै भौगोलिक विकटता छ । तर पनि हामी अझै संगठित बनाएर लागे पहलमै छौं ।’

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width