लेखनाथ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय लेखनाथ शाखाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम भएको छ । कार्यक्रममा विभिन्न वित्तीयसम्बन्धी प्रशिक्षण दिइएको थियो ।
लघुवित्त वित्तीय संस्थाले महिला सशक्तीकरण तथा गरिबी निवारणमा सहयोग गर्ने, बिनाधितो कर्जा लागानी गरी स्वरोजगार तथा उद्यमी बन्न प्रोत्साहन गर्ने, बचत गर्ने बानीको विकास गर्ने आदि कार्यमा टेवा पुर्याएको प्रदेश प्रमुख जमिरीराय यादव, अनुगमन अधिकृत निलराज ढकाल र शाखा प्रवन्धक श्यामहरी खनाल र देविप्रसाद आचार्यले बताए ।
कार्यक्रममा सहभागी सदस्य लक्ष्मी पौडेलले वित्तीय संस्थाले दिने सेवासुविधा, कर्जा सदुपयोगिताको महत्व, सदस्यता दोहोरोपनाले पार्ने असर तथा लघुवित्त वित्तीय संस्थाहरुले समाजमा पारेको सकारात्मक तथा नकारात्मक असर, कृषिमा वित्तीय संस्थाको लक्ष्य, बचतको महत्व आदीबारे वित्तीय संस्थाका समाजमा खेलेको भुमिकाको चर्चा गरे ।
संस्थाकी सदस्य विमला पौडेलले संस्थाको काम कर्तव्य तथा अधिकार, केन्द्रको दायित्व, सामूहिक जिम्मेवारीजस्ता विषयमा जानकारी दिइन् ।
संस्थाकी सदस्य लक्ष्मी बिकले वित्तीय संस्थाले कृषि पशुपालन, व्यापार तथा व्यावसायिक क्षेत्रमा लगानी गरी महिला सदस्यलाई उद्यमी बनाएको बताइन् ।
डिप्रोक्सले विभिन्न शाखामार्फत साधारण कर्जा, पशुपालन कर्जा, परियोजना कर्जा, लघुउद्यम कर्जा लगायत कर्जा र व्यवसाय बिमा, दुर्घटना बिमा, स्वास्थ्य बिमा लघु बिमा, गम्भीर प्रकृतिका रोग बिमा, पशुधन बिमा, बाली बिमालगायत बिमा प्रवाह गरेको छ ।
२०६६ सालमा स्थापित डिप्रोक्स लघुवित्तले ७२ जिल्लाका शाखामा १ सय २० वटा शाखा पु¥याउने लक्ष्य हालसम्म १ हजार ८ सय जना सदस्य समूहमा आवद्ध गराएको जनाएको छ । शाखामा आवद्ध सदस्यले १६ करोड लगानी रहेको संस्थाका शाखा प्रबन्धक श्यामहरि खनालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१