घारीपाटन सहकारीको प्रशिक्षण

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७९
sahakari dff

पोखरा । घारीपाटन बचत तथा ऋण सहकारी संस्थाले सदस्यको क्षमता अभिवृद्धिका लागि सहकारी शिक्षासम्बन्धी तालिम प्रदान गरेको छ ।

शनिबार भएको तालिममा प्रशिक्षक पोखरा महानगर सहकारी संघका अध्यक्ष बलराम गौतम र नेफ्स्कुन केन्द्रीय सदस्य कमला गिरीले सकारात्मक विचार, सहकारीमा अवसर र चुनौती, सहकारीमा सञ्चालक समिति तथा कर्मचारीको भूमिका साथै सदस्यले जान्नुपर्ने सहकारीका नियम लगायतका विषयमा प्रशिक्षण दिए ।

२०७५ सालमा स्थापना भएको सहकारीमा हाल ४ सय २२ शेयर सदस्य रहेको र सहकारीको पुँजी १ करोड ६३ लाख रुपैयाँ रहेको सहकारीका अध्यक्ष कृष्णकला केसी बताइन् ।

राष्ट्रिय सहकारी गण्डकी प्रदेश समन्वय समितिका सदस्य तेजनारायण अधिकारीले सहकारीमा सेयर सदस्य महत्वपूर्ण हुने बताउँदै सहकारीलाई गम्भीर भएर सोच्न सुझाव दिए । एक सहकारी एक उत्पादनमा जोड दिनुपर्नेमा अधिकारीको जोड छ । उनले इमान्दारीपूर्वक व्यवसाय गर्ने ठाउँ सहकारी भएको बताउँदै सहकारीले प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरी आर्थिक, सामाजिक उत्तरदायित्व लगायतका कार्यले राष्ट्रलाई नै अमूल्य योगदान दिएको उल्लेख गरे ।

संस्थाको सञ्चालक सदस्य प्यारी गुरुङले स्वागत गरेको कार्यक्रममा शिक्षा समिति सदस्य राजन जोशीले सहकारीका सात सिद्वान्तबारे प्रष्ट पारेका थिए । कार्यक्रम सञ्चालन सचिव लिलबहादुर जिसीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width