तालचोकमा सफा मिट

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७९
safa meet 1

लेखनाथ । आमउपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउने उद्देश्यले लेखनाथको तालचोकमा करिब १ करोड लागतमा बिक्री केन्द्र संचालनमा आएको छ ।

सफा मिट इन्डस्ट्रिज प्रालिले संचालन गरेको सो बिक्रीको उद्घाटन गर्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले आमउपभोक्ताको स्वास्थ्यलाई ख्यालमा राखी गुणस्तरीय र प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिए । उनले सफा मिटको स्थापनाले अन्य मासु व्यवसायीहरु पनि व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

किसानबाट उत्पादित बस्तु सहजरुपमा बजारीकरण गर्न राज्यले तोकेको मापदण्डअनुसार बधशालाबाट मासु तयार पारी उपभोक्तालाई वितरण गर्नुपर्ने अहिलेको आवश्यकता भएको आत्रेयको भनाइ थियो ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले आयात विस्थापित गरी स्वदेशी उत्पादन नै नेपालको आवश्यकता पूरा गर्नेतर्फ राज्यले ध्यान दिनुपर्ने धारणा राखे ।

सफा मिट इन्डष्ट्रिजका अध्यक्ष खेमराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा पशुरोग विषेशज्ञ डा. अनन्त दाहाल, लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, रेडियो लेकसिटीका अध्यक्ष भक्तबहादुर केसी, पोल्ट्री व्यवसायी समिति कास्कीका अध्यक्ष फौजसिंह भण्डारी, नौबिसे टोल विकास संस्थाकी अध्यक्ष शिव गिरी, लायन्स क्लब गोल्डेन चौतारीका निवर्तमान अध्यक्ष किशोर बराल लगायतले धारणा राखेका थिए । संस्थाका अध्यक्ष खेमराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेयर सदस्य यदुनाथ आचार्यले स्वागत र व्यवस्थापक दीपक बानियाँले संचलान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पुसमा २० औं लेखनाथ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८१
    लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा…
  • आइकोनिक रिमझिम बल क्यान्डी

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन्…
  • ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

    रासस मंसिर ८, २०८१
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।…
  • आदर्श समाजकर्मी शर्मा सम्मानित

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।…

hero news full width