रामबजार युथ क्लबको रक्तदान

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७९
rambazar youth club news today

पोखरा । रामबजार युथ क्लबले आफ्नो नवौं वार्षिकोत्सव अवसरमा खुला रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ३४ युनिट रगत संकलन भयो ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले पहिलो रक्तदाता शंकर नेपालीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेकी थिइन् । उनले क्लबले युवालाई विकृति र विसंगतिबाट मुक्त गराइ सामाजिक सेवामा लाग्न प्रेरित गरेको बताइन् । यसको अनुशरण अन्य संघसंस्था तथा क्लबले पनि गरेमा सभ्य समाज निर्माण हुने बताइन् ।

कार्यक्रममा पोखरा १० का सदस्य पूर्णचन्द्र न्यौपाने, रामबजार युथ क्लबका सल्लाहकार रामबहादुर गुरुङ, रामबजार सोसाइटी युकेका भूपू अध्यक्ष रुपक गुरुङ, रामबजार सोसाइटी युकेका सल्लाहका डा.चन्द्रबहादुर गुरुङ, कृष्ण मन्दिर सञ्चालक समिति अध्यक्ष ज्ञानबहादुर थापा, ज्येष्ठ नागरिक मिलेन केन्द्रका अध्यक्ष क्या. थमन थापा, ज्येष्ठ नागरिक मिलेन केन्द्रका निवर्तमान अध्यक्ष भूपेन्द्र कुँवर, माछापुच्छे« आमा समूहकी माया गुरुङ लगायतको सहभागिता थियो ।

कार्यक्रममा पोख्रेली ट्याक्सी सेवा प्रालिका सञ्चालक सदस्य विकास थापा र रामबजार ट्याक्सी सेवा प्रालि संयोजक झकवीर थापाले आर्थिक सहयोग गरेको क्लब अध्यक्ष धनबहादुर पुनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width