पोखरामा मगर महिला संघको महाधिवेशन : ५६ जिल्लाका २५० प्रतिनिधिको सहभागिता

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७९
Magar Mahila Photo~suman

पोखरा । नेपाल मगर महिला संघको सातौंं राष्ट्रिय महाधिवेशन तयारी पूरा भएको छ । आगामी जेठ २२ देखि २२ सम्म पोखरा सभागृहमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

महाधिवेशनमा देशभरका ५६ जिल्लाबाट कुल २ सय ५० जना प्रतिनिधिको सहभागिता रहने संघका केन्द्रीय अध्यक्ष विनाता आलेमगरले जानकारी दिइन् । सो कार्यक्रममा सातै प्रदेशका प्रदेश समिति र विदेश शाखा, विदेश महिला प्रमुख तथा महिला विभाग प्रतिनिधि र विभिन्न जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहने छ ।

नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरको प्रमुख आतिथ्यमा हुने कार्यक्रम उद्घाटनपूर्व पोखरा रंगशाला गेट अगाडि रहेको नेपाल मगर संघ कास्कीको कार्यालयबाट सभागृहसम्म विभिन्न बाजागाजासहित ¥याली आयोजना गरिने आयोजनले जानकारी दिएको छ ।

यतिबेला नेपाल मगर महिला संघको सिंगो टोली पोखरामा छ । नेपाल मगर महिला संघले अझै २१ जिल्लामा आफ्नो संगठन विस्तार गर्न सकेको छैन । केन्द्रीय अध्यक्ष विनिता आलेमगरका अनुसार अहिलेसम्म ५६ जिल्लामा मात्रै जिल्ला समिति विस्तार गरेको छ ।

२०५५ सालमा स्थापना भए पनि मगर महिला संघले गण्डकी प्रदेशको मनाङ र मुस्ताङ लगायतको विभिन्न २१ जिल्लामा जनसंख्या र भौगोलिक बनोटका कारण संगठन विस्तार गर्न नसकेको बताइन् ।

संघले स्थापनाकालदेखि नै मगर महिलाहरुको हकहितमा काम गरिरहेको उनले बताइन् । महिलाको नेतृत्वदायी भूमिकाका लागि सशक्तीकरणका कार्यक्रमसँगै हरेक सुखदुखमा साथ दिंदै आएको उनको भनाइ थियो । आगामी दिनमा पनि सोही कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष आले मगरले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width