पोखरा । होटल प्रतिनिधि समाज पोखरा अध्यक्षमा सन्तकुमार महतो निर्वाचति भएका छन् । उनी यसअघि पनि अध्यक्ष थिए ।
शनिबार समाजको २४ औं साधारण सभा तथा १२ औं अधिवेशनले महतोको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यकाल २ वर्षको हुनेछ ।
संस्थाको वरिष्ठ उपाध्यसक्षमा सन्तोष काफ्ले, प्रथम उपाध्यक्ष हरिलाल शर्मा तिमिल्सिना, द्वितीय उपाध्यक्ष जीवराज उपाध्याय चयन भए । महासचिवमा माधव लम्साल, सचिव सन्तोष देवकोटा, कोषाध्यक्ष पुरुषोत्तम न्यौपाने, सहकोषाध्य दीपेन्द्र अर्याल चुनिए । सदस्यमा केशव नेपाली, शम्भुप्रसाद पौडेल, खेमानन्द अर्याल, शिवप्रसाद अधिकारी, नीरज अधिकारी, प्रविन बिक र विकास दाहाल निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए ।
अधिवेशन उद्घाटन गर्दै पश्चिमाञ्चल होटल संघ पोखरा अध्यक्षसमेत रहेका समाजका सल्लाहकार लक्ष्मण सुवेदीले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरे ।
होटल प्रतिधिनि प्रत्यक्षरुपमा पर्यटकका दूत भएकाले पोखरालाई कस्तो पर्यटकीय क्षेत्र बनाउनेमा होटल प्रतिनिधिको महत्वपूर्ण भूमिका हुने भएकोले होटल संघ हातेमालो गर्दै अघि बढ्ने सुनाए । कोभिड १९ ले पर्यटनमा पारेको असरबारे सरकारबाट कुनै सहयोग नपाएको गुनासो गर्दै संघ र प्रदेश सरकारसँग पर्यटन व्यवसायीका लागि हित हुने नयाँ योजना ल्याउन आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।
संस्थाका पूर्व अध्यक्ष तथा पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीले होटल प्रतिनिधिहरु पर्यटकका राजदूत भएकाले पोखराको बारेमा पर्यटकलाई सकारात्मक सन्देश दिन आग्रह गरे ।
अध्यक्ष महतोको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष राजकुमार गुरुङ, महासचिव माधव लम्साल, सल्लाहकार रामचन्द्र आचार्य, कोषाअध्यक्ष पुरुषोत्तम न्यौपाने र कार्यक्रम संयोजक सन्तोष काफ्ले लगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा संस्थाका महासचिव माधव लम्सालले प्रगति प्रतिवेदन र कोषाअध्यक्ष पुरुषोत्तम न्यौपानेले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१