पोखरा । पोखरा ७ मासबारस्थित सशक्त नमुना महिला समूह ११ औं वर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल सरकार स्वाथ्य परियोजनाका योजना विज्ञ छवि गौडेलले समूहले उत्कृष्ट काम गर्दै आएको बताए । उनले महिलाहरु एकजुट भएर काम अगाडि बढाएमा जस्तोसुकै काम सहजरुपमा सम्पन्न गर्न सकिने बताए । उनले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए । सशक्त नमुना महिला समूहले नवनिर्वाचित पोखरा ७ का वडा सदस्यलाई सम्मान गरेको थियो । गौडेलले उनीहरुलाई सम्मान गर्दै वडा महिला समूहसँग मिलेर घर घरमा स्वास्थ्य सेवा पु¥याउन सकिने बताए ।
पोखरा ७ का वडा सदस्य विष्णुमणि बरालले अग्रजले वडा लिएको बाटो आफुहरुले लिने बताउँदै वडाको विकासमा लाग्ने बताए । अर्का वडा सदस्य बसुन्धरा लामिछानेले महिला समूहहरुलाई अझ सशक्त बताउन आफुहरु लाग्ने बताइन् ।
कार्यक्रममा महिला क्लब पोखरा ७ कि अध्यक्ष मीना आचार्य, महिला विकासका लागि आमा समूह पोखरा ७ कि अध्यक्ष मेनका बराल, मासबार आमा समूहकी अध्यक्ष टीकादेवी अधिकारी, जागरण बहुमुखी सहकारीका अध्यक्ष मोतिराम बराल, मदरल्याण्ड माविका प्राचार्य नारायण बराल लगायतले शुभकामना दिएका थिए । उनीहरुले महिला समूहहरुले महिला शक्तिकरण र आर्थिक वृद्धिमा उल्लेख्य भुमिका खेलेको बताएका थिए ।
कार्यक्रममा सशक्त नमुना महिला समूह अध्यक्ष विन्देश्वरी बराल संस्थाको उद्देश्य, उपाध्यक्ष निर्मला अर्याल बरालले स्वागत, कोषाध्यक्ष तारा बराल ढकालले आर्थिक विवरण र सचिव लक्ष्मी देवी बरालले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा समूहका सदस्यका परिवारमा रहेका सबैभन्दा बृद्ध रामजी प्रसाद बराललाई दोसल्ला र अविरले सम्मान गरे । त्यसैगरी सबैभन्दा बढी उपस्थित हुने तारा बराल ढकाल र नियमित किस्ता बुझाउने अस्मिता अधिकारी, राधा बराललाई सम्मानपत्र र अविरले सम्मान गरे ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१