पोखरा । दर्शन फाउन्डेशनको आयोजना तथा युनाइटेड रेफरेन्स ल्याबोरेटोरी (युआरएल) तथा जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाको प्राविधिक सहयोगमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ८ बहाकोटमा निशुल्क रगत तथा पाठेघरको मुखको क्यान्सरको निशुल्क स्वास्थ्य परीक्षण भएको छ ।
बहाकोटको भञ्ज्याङमा रहेको श्री नु बहाकोट मावि प्रांगणमा भएको कार्यक्रममा ३ सयभन्दा बढी सर्वसाधारणहरुले स्वस्थ्य जाँच गराएका थिए ।
प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले कार्यक्रम उद्घाटन गर्दै रोग लाग्नै नदिनु सबैभन्दा उत्तम उपाय भए तापनि रोग लागि हाले पालेर राख्न नहुनेमा जोड दिए । उनले प्रायः नेपालीहरुलाई दैनिक खानपिन सम्बन्धी गलत सोचाइको कारण बिरामी भएको धेरै समयसम्म उपचार नपाउने गरेको बताए ।
कार्यक्रममा मुख्य प्राविधिक सहयोग गरेको संस्था युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले विभिन्न संघसंस्थाको सहकार्यमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण भेगमा बस्ने सर्वसाधारणलाई निशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको बताए ।
पत्रकार कृष्ण रानाभाटले फिजिसियन डाक्टरसहितको स्वास्थ्य परीक्षण गाउँमै निशुल्क सेवा पाउनु नै ग्रामीण भेगमा बस्ने सबैलाई खुसीको कुरा भएको बताउँदै यस्तो अवसरको सबैले लाभ लिनुपर्ने बताएका थिए ।
कार्यक्रममा वडा कार्यालय, स्थानीय क्रान्तिदीप आमा समूह, क्रान्तिदीप युवा क्लब, बहाकोट स्वास्थ्यचौकी, बहाकोट कालिका एग्रो फर्म, धोवादी एग्रोले सहयोग गरकोमा प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा युआरएलका निर्देशक गणेशप्रसाद कोइराला, वडा सदस्य रवि सेन, श्री नु बहाकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामकुमार थापाले शुभकामना व्यक्त गरेका थिए ।
दर्शन फाउन्डेशनका अध्यक्ष पितमबहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गौतम सिंह ठकुरीले र सञ्चालन सचिव मदन मल्ल छाँयाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१