स्वतन्त्र पत्रकारको महाधिवेशनमा पत्रकारको सम्मान

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७९
free journalist

नवलपुर, २१ जेठ । स्वतन्त्र पत्रकार संघ नेपालको १० औं वार्षिक साधारण सभा तथा चौंथो राष्ट्रिय महाधिवेशन नवलपुरको गैंडाकोट नगरपालिका १ स्थित मौलाकालिका मन्दिर परिसरमा शनिबार सम्पन्न भएको छ ।

गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले स्वच्छ पत्रकारिता गरेर छवि उँचो बनाउन पत्रकारलाई सुझाव दिए । निस्वार्थ पत्रकारिताले चौंथो अंगको मर्यादा बढाउने उनको भनाइ थियो ।

स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले २०६८ सालमा नेपाल पत्रकार महासंघ कास्की शाखामा राजनीतिक भागवण्डाका आधारमा नयाँ समिति बनाइएपछि त्यसविरुद्ध आन्दोलित पत्रकारले स्वतन्त्र पत्रकार संघ गठन गरेको स्मरण गराए । संघ हाल २८ जिल्लामा बिस्तारित भइसकेको जानकारी पनि बास्तोलाले सो अवसरमा दिए ।

कार्यक्रममा पुरस्कार चयन समिति संयोजक एवं संस्थाका सल्लाहकार नारायण कार्कीले संस्थाले संचालन र प्रदान गर्दै आएका विभिन्न पुरस्कारको घोषणा गरेका थिए । पोखराका समाजसेवी लीलाभक्त आचार्यले व्यवस्था गरेको ५ लाखको अक्षयकोषबाट स्थापित २५ हजार राशिको सामाजिक विकास पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार मोहन भण्डारीलाई प्रदान गरियो । भण्डारी नेपाल पत्रकार महासंघको लोगोको परिकल्पनाकार एवं उद्घोष दैनिकका सम्पादक हुन् । कोभिड–१९ का कारण वितरण रोकिएकाले २ वर्षको पुरस्कार एकै पटक वितरण गरिएको हो ।

अग्रज पत्रकार अधिवक्ता भूपनिधि पन्तलाई पनि यो पुरस्कार प्रदान गरिने छ । यसअघि पहिलो पटक यो पुरस्कार अग्रज पत्रकार भैरव रिसाललाई प्रदान गरिएको थियो ।
यसैगरी, ‘गोरखापत्र बाजे’ भनेर चिनिने चन्द्रकान्त पौडेलको स्मृतिमा स्थापित पुरस्कारबाट पत्रकार नमस्कार साह ९बाँके० र नरेन्द्र ढकाल ९झापा० सम्मानित भए । ११ हजार राशिको महिला प्रोत्साहन पुरस्कारबाट डिला चौधरी ९दाङ० र सविता तिवारी ९नवलपुर० सम्मानित भए ।

२०६८ सालमा पोखरामा स्थापित संघ हाल २८ जिल्लामा बिस्तार भइसकेको छ ।

स्वतन्त्र पत्रकार संघ लमजुङ शाखाले क्रियाशील पत्रकारका लागि प्रदान गर्दै आएको पुरस्कारबाट मकवानपुरका सुरेन्द्र श्रेष्ठ, बर्दियाका भावुक योगी र कास्कीकी तिर्सना लक्ष्मी गुरुङ सम्मानित भए । उनीहरुलाई क्रमशः २०७६, ०७७ र ०७८ सालको पुरस्कार प्रदान गरिएको संघका केन्द्रीय सल्लाहकार नवराज पहाडीले जानकारी दिए । यसअघि मकवानपुरका रामकृष्ण कर्माचार्यले २०७५ को पुरस्कार पाएका थिए ।

कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष केबि मसालले सो महाधिवेशन स्वतन्त्र पत्रकारको चाडको रुपमा रहेको बताए । संस्थाका उपाध्यक्ष केबि सम्राटले कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

सम्मानित व्यक्तित्व भण्डारी, उद्घोष दैनिकका प्रबन्धसम्पादक एवं प्रदेश १ संयोजक विजय खतिवडा र दाङका पत्रकार जीतसागर जिएम लगायतले बोलेका थिए । बन्दसत्रमा संघका महासचिव अञ्जनराज न्यौपाने र कोषाध्यक्ष शालिकराम पाण्डेले आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उद्घाटनअघि आयोजित गोष्ठीमा संघका केन्द्रीय अध्यक्ष मसालले ‘पर्यटन प्रवद्र्धनमा सञ्चारकर्मीको भूमिका’ विषयक आधारपत्र प्रस्तुत गरेका थिए । पर्यटनको इतिहास, पर्यटनमा सञ्चार, ग्रामीण पर्यटन प्रबद्र्धन, पर्यटनमा संस्कृतिको महत्व, पर्यटनमा वातावरणीय महत्व, पर्यटनमा निजी क्षेत्र, पर्यटनमा सञ्चार क्षेत्रको भूमिका र बिट पत्रकारिता विषयमा आधारपत्रमा चर्चा गरिएको छ । सो अवसरमा संघका संस्थापक अध्यक्ष बास्तोलाले संघका हरेक शाखाले पर्यटन प्रबद्र्धनका गतिविधि सञ्चालन गर्नेतर्फ अग्रसर हुनुपर्ने सुझाव राखे ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…

hero news full width