पोखरा । पोखरा र सुर्खेत उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका साझा एजेन्डासँगै अगाडि बढाउने र पर्यटन क्षेत्रमा सहकार्य गर्ने सहमति बनेको छ । पोखराले सुर्खेत उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलको स्वागतमा पोखरामा आयोजना गरेको अन्तक्र्रियामा सो सहमति बनेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइरालाले पालिकाहरुमा आएका नयाँ जनप्रतिनिधिले निजी क्षेत्रसँग भएको ज्ञान, सीप र पूँजीलाई राष्ट्र निर्माणमा लगाउनुपर्नेमा जोड दिए । यसअघि पालिका राजनीतिक दलबाट आएका पालिका प्रमुखले विचार नमिलेकै आधारमा उद्योग वाणिज्य संघको नेतृत्वसँग सहकार्य गर्न नखोजेको तीतो अनुभव सुनाउँदै उनले नीति क्षेत्रलाई काम गर्ने वातावरण निर्माण पालिकाहरुको समुन्नति पनि सम्भव नभएको बताए ।
पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष नारायण कोइरालाले पोखराको समग्र विकासमा निजी क्षेत्रले पु¥याएको योगदानको स्मरण गर्दै संघ समृद्धिमा सहकार्य गर्न तयार रहेको बताए । पछिल्लो समय पोखरामा देखिएका पार्किङ, फोहरमैलाा व्यवस्थापनलगायत समस्या समाधान एवं पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनतर्फ पालिकाको नयाँ नेतृत्वले ध्यान दिनुपर्ने उनको धारणा थियो । निजी क्षेत्र सदैव सहकार्यको पक्षमा रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रको मानमर्दन गर्ने प्रवृत्ति भने रोकिनुपर्नेमा जोड दिए । पोखरा र सुर्खेत भौगोलिक रुपले एकै खालको रहेको र फेवालाई रारा तालसँग जोड्न सके समृद्धि प्राप्त हुने उनको तर्क थियो ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले समग्र कर्णालीको विकासको लागि सुुर्खेतले पोखरासँग सहकार्य गर्न खोजेको बताए । रारा तालको बजारीकरण र सो क्षेत्रमा रहेका जडिबुटीको प्रशोधनतर्फ संघले ध्यान दिएको जानकारी दिंदै उनले सुर्खेत र पोखराबीच सहकार्यमा विशेष जोड दिए ।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष धनबहादुर रावतलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिले धन्यवाद ज्ञापन, महासचिव सुरेन्द्रमान विजुक्छेको संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१