पोखरामै खाद्य परीक्षण

धनबहादुर गुरुङ
जेठ २०, २०७९
Khaddhye Photo

पोखरा । गएको पुस अन्त्यतिर पोखरा ५ स्थित एक पसलमा अखाद्य चुक रहेको आशंका भयो । एउटै पसलभित्र ५२.६ किलोको २७ ड्रम चुक फेला परेपछि शंकाको घेरामा पर्‍यो । झण्डै १ हजार ४ सय २० लिटर चुक भर्न ठिक्क पारेको अवस्थामा फेला पारेपछि अनुगमनमा गएको टोलीले चुनको अनुसन्धान गर्ने गरी बिक्रीमा रोक लगाएर पर्कियो । चुकको नमुना परीक्षणका लागि खाद्य प्रयोगशाला पठायो । अखाद्य शंका गरिएको चुकको रिपोर्ट आउन ५ महिना बढी समया लाग्यो ।

त्यसबेला अनुसन्धान टोलीलाई समस्या पर्‍यो । बिक्रेताले खाद्य वा अखाद्य के हो यकिनमा दबाब दिन थाले । उता, खाद्य प्रयोगशालाबाट रिपोर्ट ढिला भयो ।

त्यसबेला बिक्री गर्न दिने वा कारबाही गर्ने भन्नेमा समस्या परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख शिवजी बराल सम्झिन्छन् । ‘तीन दिनमा रिपोर्ट आउला भन्ने सोचेका थियौ, १५ दिनसम्म आएन,’ उनले भने, ‘ढिला हुँदा बिक्रेताले खान नहुने भए नष्ट गरिदेऊ, नभए बेच्न देऊ भने । पछि रिपार्ट राम्रो आयो, हामीले बच्ने अनुमति दियौं ।’ काठमाडौंमा ७७ वटै जिल्लाका नमुना परीक्षण गर्नुपर्ने भएकाले समयमै नतिजा नआउने उनको भनाइ थियो ।

पोखरामा आशंका गरिएको चुकजस्तै गण्डकी प्रदेशभरबाट यस आवमा १ सय १९ नमुना संकलन गरी पठाइएकोमा ४६ वटाको मात्र नजिता आएको छ । जसमध्ये ४ वटाको नमुनाको रिपोर्ट प्रतिकूल पाइएको थियो । बाँकी ७३ वटा नमुनाको नतिजा आउनै बाँकी छ । नतिजा ढिला आउँदा कार्य प्रगति नदेखिने प्रमुख बरालले बताए ।

खाद्य प्रयोगशालाको नमुना ढिला आउने समस्या हल गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा आफंैले ल्याब सञ्चालनमा ल्याउँदै छ । जसका लागि काम अन्तिम चरणमा पुगेको उनले बिहीबार पत्रकार सम्मेलनमा बताए ।

ल्याबको लागि भवन निर्माण काम सकिएको र ल्याबका आवश्यक सामानको टेन्डर भइसकेकाले असारबाट ल्याब सुरु गरिने उनले बताए । ‘हामीले टेन्डर गरेर सामान मगाइरहेका छौं, यो महिनाको २५ गतेसम्म सामान आउनुपर्ने हो,’ उनले भने, ‘२/४ दिन ढिला आए पनि असार दोस्रो हप्तामा सुरु गर्छौं ।’

ल्याबका आवश्यक सामानको टेन्डर भइसकेकाले असारबाट ल्याब सुरु गरिनेछ

पोखरामा ल्याब बनेपछि गण्डकी प्रदेशका ११ जिल्लालाई सहज हुने उनको विश्वास छ । ‘हामीले यहाँबाट सागपातमा हुने विषादीको नुमना परीक्षण गर्न सक्दैनौं,’ उनले भने, ‘त्यो बाहेक दुध, पानी, मासु लगायत खाद्यबस्तुहरुको माइक्रोवायोलोजी हेर्ने, खाद्यबस्तुहरुको पारामिटर हेर्ने सामथ्र्य राख्छौं ।’ यसका लागि ल्याब टेक्निसियन पनि व्यवस्था गरिसकेको उनले जानकारी दिए ।

यहाँको कार्यालयले ११ वटै जिल्लाको खाद्य अनुगमनको पाटो हेर्ने गर्छ । पोखरामा रहेको कार्यालयले कास्की, स्याङ्जा र पर्वत हेर्ने गरेको छ । यस्तै बागलुङमा रहेको कार्यालयले बाग्लुङ, म्याग्दी र मुस्ताङ हेर्छ भने तनहुँ कार्यालयले तनहुँ, लमजुङ, गोरखा, मनाङ र नवलपुर हेर्छ ।

यसैबीच, खाद्य स्वच्छता दिवस अवसरमा पोखरामा सप्ताहव्यापी कार्यक्रम जारी छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजनामा विभिन्न जनचेतनमूलक कार्यक्रम गरिएको हो ।

जेठ १८ देखि २४ सम्म आमउपभोक्तालाई खाद्य स्वच्छताको महत्वबारे जानकारी गराउने उद्देश्यले जनचेतनामूलक कार्यक्रम गरिएको कार्यालय प्रमुख शिवजी बरालले जानकारी दिए ।

२०६५ देखि खाद्य स्वच्छता दिवस मनाइँदै आए पनि यस बर्ष देखि भने प्रदेश र जिल्लास्तरमा पनि मनाउन थालिएको हो । दिवस अवसरमा बजार अनुगमन तथा निरीक्षण, स्वच्छतासम्बन्धी अन्तक्र्रिया गरिने भएको हो । स्वच्छ सन्तुुलित आहार, स्वस्थ जीवनको आधार, नारासहित बुधबारदेखि सुरु भएको दिवसअन्तर्गत २४ गते प्रभातफेरी तथा मूल समारोह कार्यक्रम गरिने छ ।

विशेषगरी खानेतेल, पानी, दुग्घजन्य पदार्थ तथा खाद्यन्नमा मिसावट हुने गरेको भन्दै विभागले अनुगमन गर्दै आएको छ । विभागले खाद्यान्नको गुणस्तर कायम राख्न दिवस मनाउँदै आए पनि बजारमा स्वास्थ्यमा असर पार्ने दुषित र अखाद्य वस्तुको खुला बिक्री हुने गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • तत्काललाई टर्‍यो पोखरा महानगरको लफडा

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको कर्मचारी विवाद र नगर सभाको लफडा तत्कालका लागि टरेको छ । मेयर धनराज आचार्यसहितको उपस्थितिमा बसेको…
  • देशभरका कानून व्यवसायी पोखरामा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । नेपाल बार एसोसिएसनले न्यायपालिकामा पुनर्संरचनाको माग अघि सारेको छ । नेपाल बार एसोसिएसनको सोमबारदेखि सुरु हुने ५० औं…
  • प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पोखरामा आयोजित १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा दुई स्कुल च्याम्पियन बनेका छन् । ५ दिनसम्म चलेको स्पोर्टस्…
  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…

hero news full width