कास्की जिससमा टुंगियो उम्मेदवार

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७९

पोखरा । जिल्ला समन्वय समिति कास्कीको शुक्रबार हुने निर्वाचनका लागि गठबन्धन र नेकपा एमालेले आफ्ना उम्मेदवारको टुंगो लगाएका छन् ।

जिसस प्रमुखमा एमालेले पोखरा २२ का सदस्य लीलाधर पौडेल र गठबन्धनले मादी १२ का कांग्रेसबाट निर्वाचित सदस्य दीपेन्द्र ढकाललाई उम्मेदवार बनाएको छ । उपप्रमुखमा एमालेले रुपा गाउँपालिकाकी सरिता कुमाललाई उम्मेदवार बनाएको छ भने गठबन्धनबाट माओवादीले मादीकै उषा थापालाई उठाएको छ । जिल्ला समन्वय समिति कास्कीको नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन हुने भएको छ ।

यस्तै, सदस्यमा गठबन्धनबाट कांग्रेसबाट खुलातर्फ ओमप्रकाश गुरुङ र विजय गुरुङ, दलित तथा अल्पसंख्यकतर्फ विष्णुमाया परियार, महिला सदस्यमा गोमा सुवेदी, शान्ता अधिकारी र गंगा रानाभाट उम्मेदवार हुने भएका छन् । खुला सदस्यमा माओवादीबाट सुर्खबहादुर पुनले उम्मेदवारी दिने भएका छन् । एमालेले सदस्य टुंगाए पनि सार्वजनिक गरिसकेको छैन । कास्कीमा एमालेको बहुमत छ । ५ पालिका रहेको यहाँ १० जना मतदाता छन् । तीमध्ये एमालेको एकल ६ जना छन् भने कांग्रेसको ३ तथा एकीकृत समाजवादीका १ जना मतदाता छन् । यहाँ एमाले एक्लै र अरुले गठबन्धन गरेका छन् ।

निर्वाचन कार्यतालिकाअनुसार मतदाता नामावली प्रकाशन, मतदाता नामावली सच्याउने, छुट नामावली समावेश गर्न निवेदन दिने, संशोधित नामावली प्रकाशन, मातदाताको विरोधमा उजुरी र मतदाताको विरोधमा उजुरी परेमा छानविन गर्दै अन्तिम नामावली प्रकाशन भैसकेको छ । मनोनयन दर्तासहित मतदान र मतगणनासम्मका कार्य शुक्रबार नै हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग