पोखरा । राजा वीरेन्द्र र उनको परिवारको सम्झनामा पोखरामा बिहीबार दीप प्रज्वलन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीको आयोजनामा वीरेन्द्रचोकमा आयोजित कार्यक्रममा राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले राष्ट्रवादी राजा वीरेन्द्रको अभाव देशमा खड्किएको बताए ।
स्व. राजा विरेन्द्र र उनको परिवारलाई श्रद्धाञ्जली दिंदै उनले राजसंस्था मात्रै अबको विकल्प भएको बताए । उनले नेपालगञ्जमा राजा वीरेन्द्रको सालिक पुस्र्थापनामा सरकारले गरेको धरपकडको घोरभत्र्सना गरेका छन् । उनले इतिहासको सम्मान गर्न नसक्ने सरकारको रबैया सच्चिनु पर्ने बताए ।
कार्यक्रम संयोजक तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीका अध्यक्ष विजयबहादुर भण्डारीले जेठ १९ नेपालका लागि ‘कालो दिन’ भएको टिप्पणी गरे । उनले राजतन्त्र फाल्न षड्यन्त्रकारी समूहले गरेको हत्याकाण्डको कारण देशले दुख भोग्नु परेको बताए ।
कार्यक्रममा राप्रपा केन्द्रीय सदस्यहरु डा. महेन्द्रबहादुर कार्की, राप्रपाबाट पोखराको मेयरका प्रत्यासी शंकर खराल, जिल्ला उपाध्यक्ष मनीष केसी, राप्रपा कास्की प्रवक्ता अरुण गिरी, सहसचिवहरु नारायणहरि तिवारी, सुवर्णराज पन्त, नेतृ रञ्जना सेन पौडेल, युवक संगठनका नेता सन्दीप कँुवर, विधान गुरुङ, नीरज शर्मा, अमृत थापा लगायतका नेताकार्यकर्ताको उपस्थिति थियो।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
शिक्षामन्त्री कोटिहोममा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
नेपाललाई चीनको ९ अर्ब अनुदान
कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१