अन्नपूर्णमा कार्यपालिका सदस्य चुनिए

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७९
anapurna executive

हेमजा । अन्नपूर्ण गाउँपालिकामा ६ कार्यपालिका सदस्य निर्वाचित भएका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका प्रतिनिधि सबै निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेमा दलिततर्फबाट चतुर्मान विक, अल्पसंख्यक प्रतिनिधित्व गर्दै भूपाल घर्ती तथा वडा सदस्यबाट पुष्पा पुन, सीमा क्षत्री, पार्वती पौडेल र नारायणी परियार छन् ।

निर्वाचितले समान ३० मत र कांग्रेसका उम्मेदवारले २७ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width