एनसेलको अनलिमिटेड डेटा अफर

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७९
ncell

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राहकले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्ने जनाइएको छ । यी प्याक जेठ १९ देखि संचालन रहने छन् ।

ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रुपमा सम्बोधन गर्न यस अफरअन्तर्गत १ दिन समयावधि भएका ३ डेटा प्याक रहेका छन् । आफ्नो आवश्यकताअनुसार ग्राहकले करसहित २९ देखि ४८ रुपैयाँ पर्ने आकर्षक डेटा प्याक सुचारु गर्न सक्नेछन् । एष्ट्रिक्स१७१२३ह्यास डायल गरी ग्राहकले यो प्याक खरिद गर्न सक्नेछन् ।

डेटाका साथै, एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका १ दिन समयसीमा रहेका ३ प्याकहरु पनि ल्याएको छ । यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कका अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउँन सक्छन् ।

एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकताअनुसार प्याक सुचारु गर्न सक्छन् । उनीहरुले करसहित १२ मा ३० मिनेट टक टाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, १४ मा १ सय मिनेट टक टाइम र १०० एसएमएस वा २९ मा २९० मिनेट टक टाइम र २९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्छन् । यी अल नेट प्याकहरु *१७१११८# डायल गरि सहजै लिन सकिन्छ ।

यस मनसुन धमाका अफरअन्तर्गतका डेटा प्याक र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याक ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेटहरु जस्तै इसेवा, खल्ती र आइएमई पेबाट पनि सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width